Incident Reports

Youths vandalize rural municipality office

2018-02-02

Gandaki, Nawalparasi West, Binayee Tribeni

The local youths of Binyi Triveni rural municipality vandalized the rural municipality office for not getting the sole tender of soil of Biniya pond. They have broken the window of the rural municipality office. The local residents vandalized the office on Friday as soon as the office opened. बिनयी त्रिवेणी गाउँपालिकाले स्थानीय बिनयी खोलाको गिटी बालुवा उठाउन खोलेको टेण्डर आफुहरु एक्लैले लिन नपाएको भन्दै स्थानीय युवाहरुले गाउँपालिकाको कार्यालय तोडफोड गरेका छन् । उनीहरुले कार्यालयको सिसा तोडफोड गरेका हुन् । शुक्रवार कार्यालय खोल्नासाथ स्थानीयले ढुंगामुढा हानेर ३ वटा झ्यालको सिसा फुटाएका हुन् । गाउँपालिकाले गत मंसिर १९ गते एक सूचना प्रकाशित गरेर बिनयी खोलाको बिभिन्न ६ खण्डलाई बिभाजन गरेर टेण्डर आब्हान गरेको थियो । सबै गरेर एक करोड ५० लाखमा बढाबढ हुने गरि आब्हान गरिएको टेण्डर फर्म १२२ वटा बिक्री भएको थियो । टेण्डर बुझाउने म्याद माघ १९ गते दिउसो १२ बजेसम्मको समय तोकिएको थियो । गाउँपालिकाले खोलेको टेण्डर चितवन भरतपुरका मुसे भनिने बचन कार्कीले बिहीवार नै बुझाएका थिए । जिल्ला बाहिरको व्यक्तीले टेण्डर हालेको र आफुहरुले एक्लौटी गर्न नपाएको भन्दै स्थानीयले कार्यालय तोडफोड गरेका हुन् । गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर जिसिले कानून हातमा लिन खोज्ने कार्य दुर्भाग्यपुर्ण भएको बताए । उनले गाउँपालिकाले आब्हान गरेको टेण्डर बढाबढ मुल्यमा हाल्न पाउनु सबैको अधिकार भएको प्रतिकृया दिए । स्थानीयले आफुहरुको मुल्यमा नपाएको भन्दै हुलहुज्जत गरेका हुन् । नारा जुलुश गर्दै पुगेको स्थानीयहरुको एक समुहले दादागिरी देखाएर कार्यालय तोडफोड गरेको हो । बिनयी त्रिवेणी गाउँपालिकाका स्थानीय केहि युवाले मिलोमतोमा टेण्डर हाल्न नपाएको भन्दै तोडफोड गरेको प्रहरी निरीक्षक राजिव श्रेष्ठले बताए । कार्यालय तोडफोड गर्नेको पहिचान भइसकेको जानकारी दिंदै उनले चाडो पक्राउ पर्ने दावी गरे । तोडफोड भएपछि गाउँपालिकाको आकस्मिक बैठक बसेको थियो । कावासोती नगरपालिकाले अघिल्लो वर्ष ६ करोडमा ठेक्का लगाएको केरुंगे खोलाको ठेक्का यसपटक मिलोमतोमा जम्मा ९७ लाखमा सकारेका छन् । जिल्लामा दादागिरी देखाएर सिमित व्यक्तीले आफनो मुल्यमा टेण्डर पार्ने प्रबृति हाबि भएपनि प्रहरी प्रशासन भने मौन बस्दै आएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Blunt weapon , Blunt weapon
Primary Cause Issues related to tenders and the awarding of public contracts
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media , Local Newspaper - Chitwan

0 Comments