Incident Reports

Three vehicles vandalized for defying bandh

2018-02-04

Madhes, Parsa, Birgunj

Three vehicles were vandalized on charge of defying bandh called on demanding the capital as Birgunj of Province number 2. The struggling committee said that the general strike is called on demanding to make Birgunj as a capital of province 2 when the first provincial meeting was held in temporary capital in Janakpur of February 4. Three vehicles in Ghantaghar and AdarshaNagar area were vandalized. Secretary of Struggling committee and Nepali Congress Parsa, Shyam Patel said that the strike is called on after government failed to address their demands. प्रदेश नम्बर २ को राजधानी माग्दै आइतबार वीरगञ्ज बन्द गरिएको छ । बन्दको कारण जनजीवन प्रभावित भएको छ । बन्दकर्ताले तीनवटा सवारी साधनमा तोडफोड गरेका छन् । सरकारले प्रदेश २ को अस्थायी राजधानी धनुषाको जनकपुरधाम तोकेको छ । जनकपुरधाममा प्रदेशसभाको पहिलो बैठक बस्ने दिन नै वीरगञ्ज प्रादेशिक राजधानी हुनुपर्ने माग राखेर आन्दोलरत संघर्ष समितिले वीरगञ्ज बन्द गरेको हो । बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले घण्टाघर र आदर्शनगर क्षेत्रमा सवारी साधनमा तोडफोड गरेका छन् । बन्दकर्ताहरुले विआर ०५ पीए ३०४० नम्बरको भारतीय गाडी र नम्बर नखुलेका दुईवटा निजी कारमा तोडफोड गरेका हुन् । बिहानैदेखि सडक अवरुद्ध पारेका छन् । ठाउँ-ठाउँमा टायर बालेर प्रदर्शन गरिएको छ । संघर्ष समितिका सहसंयोजक राजकुमार गुप्ताको नेतृत्वमा रहेका बन्दकर्ताहरुले वीरगञ्जको घण्टाघर, माईस्थान, आदर्शनगर, मुर्लीचोक, प्रतिमा चोक, बहुअरी लगायत क्षेत्रमा टायर बालेर प्रदर्शन गरेका छन् । लामो तथा छोटो दुरीका सवारी साधनसँगै बजार, शैक्षिक संस्था र कलकारखाना ठप्प छन् । बन्दका क्रममा एम्बुलेन्स, दमकल लगायत अत्यावश्यक सवारी साधन भने सञ्चालन हुन दिइएको छ । मोटरसाइकल, रिक्सा पनि सञ्चालनमा छन् । यसअघि संघर्ष समितिले सरकारले जनकपुरलाई अस्थायी राजधानी घोषणा गरेको भोलिपल्ट अर्थात माघ ४ गते पनि बन्द आह्वान गरेको थियो । शान्तिपूर्ण आन्दोलनलाई सरकारले नसुनेका कारण बन्द गर्नुपरेको संघर्ष समितिका सचिव एवं कांग्रेस पर्साका सचिव श्याम पटेलले जानकारी दिए । ‘हामीले शन्तिपूर्ण आन्दोलन गरेका हौं, तर सरकारले सुनिरहेको छैन,’ उनले भने, ‘बाध्य भएर बन्दको आह्वन गर्नुपरेको छ । प्रदेश सभासदलाई पनि दवाव होस् भन्ने हाम्रो उद्देश्य हो ।’ अस्थायी राजधानी जनकपुरलाई तोक्ने संकेत पाएदेखि नै वीरगञ्ज राजधानीका लागि आन्दोलित छ तर वार्ता र संवादका लागि पहल भएको छैन । सोमबार बिहान संघर्ष समितिको बैठक बसेर थप संघर्षका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Strike/Bandh
Weapons Unclear , Unclear
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Totally damaged Vehicles 3
National/Online Media , INSEC , Local Newspaper - Dhanusha

0 Comments

Related Trend Analysis