Incident Reports

Itahari gang rape: SP, Inspector suspended

2018-01-01

Province 1, Sunsari, Itahari

The Ministry of Home Affairs has suspended Superintendent of Police (SP) Bidyananda Majhi and Inspector Chiranjeevi Dahal for trying to settle a gang rape case by suggesting the victim to reconcile with perpetrators. Nepal Police Headquarters had recommended the ministry to suspend the police duo on Tuesday. Home Secretary Mohan Krishna Sapkota confirmed the suspension. A 14-year old girl, a 10th grader, of Itahari-20, was raped by her alleged boy friend Jokam Limbu and his friend Manish Shrestha at the Halgada-based Royal Resort in Itahari on December 31. A probe committee formed by the police had interrogated SP Bidyananda Majhi of the District Police Office, Sunsari, for his alleged involvement in settling the gang rape case. Inspector Dahal was transferred to the Biratnagar Police Office on Monday citing he could destroy evidences that could be used against him and could pose hurdles in further investigation into the case. प्रहरी अधिकारीहरुकै मिलेमतोमा लुइएको बालिका बलात्कारको घटनामा आरोपीहरुविरुद्ध मुद्दा रोक्न धार्मिक अस्त्र प्रयोग भएको पाइएको छ । अंग्रेजी नयाँ बर्ष मनाउन इटहरीको रोयल रिसोर्ट पुगेकी एक बालिका बलात्कृत भएकी थिइन् । तर, प्रहरीको समेत मिलमतोमा घटना लामो समय लुकाइयो । त्यसक्रममा बलात्कारीको अभियोग लागेका युवाहरुविरुद्ध पीडित परिवारले मुद्दा दर्ता नगराउन् भनेर धार्मिक अस्त्र प्रयोग भएको पाइएको छ । इटहरी तरहारका पीडित परिवारले इसाई धर्म मान्छन् । उनीहरुको घर छेउमै चर्च छ । त्यसैले पीडक पक्षका विचौलियाले ‘क्षमादान गर्न लगाएको खुलुको छ । ‘प्रभूले मुद्दा मामिला गर्न हैन, क्षमादान गर्नु भनेको’ भनेको पीडित परिवारलाई भनिएको छ । ‘मुद्धामामिला र मनमुटाब हाम्रो धर्मले दिदैन’, बाबुले आफुलाइ सल्लाहरु दिनेहरुको तर्क उद्धृत गर्दै भने, ‘प्रभूले क्षमादान गर्नु भन्नु हुन्छ ।’ धार्मिक कट्टरताले मुद्दा दर्ता भएन नयाँ वर्ष मनाउन इटहरीको रोयल रिसोर्ट पुगेकी बालिका धरानका जुकल लिम्बु र विराटनगरका मनिष श्रेष्ठबाट बलात्कृत भएकी थिइन् । घटनापछि बालिका दुई दिन घर बाहिर रहिन्, सोधिखोजी गर्दा उनी बलात्कृत भएको परिवारले थाहा पायो । आफन्तहरुले प्रहरीमा उजुरी गर्न आग्रह गरे । तर, धार्मिक आस्था र मुद्धा मामिलामा जाँदा खर्च हुने भन्दै लेनदेनमा मुद्दा दर्ता नगराइएको पीडितका एक छिमेकीले बताए । इटहरीका इन्स्पेक्टर चिरन्जीवी दाहाल र सुनसरीका एसपी विद्यानन्द माझीलाई पनि घटना थाहा हुँदा हुँदै मिलापत्र गरिएको थियो । तर, आफन्तले प्रहरीको उच्चतहमा मौखिक उजुरी दिएपछि प्रदेश एकका एआईजी पशुपति उपाध्याय र संघीय इकाई प्रहरी कार्यालय धरानका एसएसपी हरिबहादुर पालसम्म कुरा पुग्यो र प्रहरीकै तर्फबाट मुद्धा दर्ता भएको थियो । पुष १६ गतेको घटनाको माघ १२ मा मात्रै जिल्ला अदालत सुनसरीमा दर्ता भएको थियो । समातिए एक आरोपित, प्रहरी पनि छानबिनमा अदातलमा मुद्दा दर्ता भएको ८ दिनपछि शनिबार बिहान एक आरोपित पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुकल लिम्बु रहेको इटहरीका डिएसपी संजल राउतले बताए । १४ बर्षीय बालिकाको बयान अनुसार इटहरीको रोयल रिसोर्टको २१२ नम्बरको कोठामा यो घटना भएको थियो । मनिष श्रेष्ठ र जुकल लिम्बुले बलात्कार गरेको किटानी जाहेरी छ तर, श्रेष्ठ भने अझै पक्राउ परेका छैनन् । मुद्धा दर्तासँगै एसएसपी हरिबहादुर पालको नेतृत्वमा ५ सदस्य छानबिन समिति बनेको छ । समितिलाई सात दिनको समय दिइएको प्रदेश एकका एआईजी उपाध्यायले बताए । मुद्धा दर्ता नगरी मेलमिलाप गरेको पाइएकोले प्रहरी अधिकारीहरुको पनि संलग्नता भए नभएको बारेमा अनुसन्धान हुने एआईजी उपाध्यायले बताए । update........................... आर्थिक चलखेलमा बालिका बलात्कारको घटनालाई मिलापत्र गराई गुपचुप गरिएको घट्ना सार्वजनिक भए पछि विचौलियको भूमिकामा रहेका तरुण दलका सभापति, उपसभापतिलगायतका व्यक्तिहरु विरुद्ध सार्वजनिक अपराधको मुद्धा दर्ता भएको छ । घटनाका मुख्य अभियुक्तद्धय धरानका जग लिम्बू र विराटनगरका मनिष भनिने जीवन श्रेष्ठ पक्राउ परेपछि मिलापत्र गराउन मुख्य भुमिका खेल्ने विचौलियाहरु सभापति सिजन गुरुङ, उपसभापति सन्तोष बिक र इटहरी वडा नं २० का वडाअध्यक्ष मणिराम श्रेष्ठले मुख्य भुमिका खेलेको बयान दिएपछि उनीहरु विरुद्ध मुद्धा दर्ता भएको हो । गुरुङ र विक राजनीतिको आवरणमा गुण्डागर्दी र ठेक्कापट्टाबाट अकुत सम्पत्ति कमाएको दुवैको पृष्ठभुमि ब्यक्ति रहेको बताइन्छ । यो घटनामा वडा अध्यक्ष श्रेष्ठको पनि संलग्नता रहेको खुलेकोछ । मिलापत्रको कागजमा अध्यक्ष श्रेष्ठले समेत हस्तक्षर गरेका छन् । उनी नेपाली कांग्रेसबाट वडाअध्यक्षमा निवार्चित भएका छन् । विचौलियाहरुलाई खोजी गरिरहे पनि उनीहरु प्रहरीको नजरमा भने फरार रहेका छन् । विचौलियाहरुलाई जर्बजस्ती करणीमा मुद्दा चलाउन नमिल्ने भएपनि जघन्य अपराधलाई ढाकछोप गर्न भुमिका खेलेको भन्दै प्रहरीले उनीहरुलाई पनि सार्वजनिक मुद्धा दर्ता गरेको इलाका प्रहरी कार्यलयका डिएसपी सञ्जय राउतले जानकारी दिए । लिम्बू र श्रेष्ठले गत पुष १६ गते इटहरीको रोयल रिसोर्टमा १४ बर्षिया एक बालिकालाई जर्बजस्ती करणी गरेका थिए । प्रहरीभित्रैबाट सो घटनाबारे प्रहरी नेतृत्वसमक्ष पुगेपछि प्रदेश प्रहरी कार्यालयले धरानस्थित संघीय प्रहरी इर्काइ प्रमुख हरि पालको संयोजकत्वमा छानबिन समितिसमेत गठन गरेको थियो । घटना ढाकछोप गर्न सुनसरीका एसपी विद्यानन्द माझी र इटहरीका इस्पेक्टर चिरञ्जिवि दाहाल संलग्न देखिए पनि उनीहरु निलम्बनमा परेका छन् । इप्रका इटहरीको डिएसपी संजय राउतका अनुसार घट्ना मिलापत्र गराउन १८ लाख रुपैया जम्मा भएको पाईएको छ । मितेरी डेब्लपमेन्ट बैक र एनएमबी बैकमा गत पुस २४ गते नै रकम जम्मा भएको देखिएको हो । बालिकाकी आमाको नाममा रहेको खातामा रकम जम्मा भएको छ । बलात्कार घट्नामा विराटनगरका मनिष श्रेष्ठ र धरानका जोकम लिम्वुले घट्ना मिलाउन २५ लाख रुपैया दिएको प्रहरी समक्ष बयान दिएका थिए । घट्नामा मुछिएका मिलापत्रमा हस्ताक्षर गर्ने वडा अध्यक्ष मणिराम श्रेष्ठ, तरुण दलका सुनसरी सभापति गुरुङ र उपसभापति विकलगायत अन्य २ जनालाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन । घटनामा संलग्न भनिएका सामान्य व्यक्ति मदन राई, केवल खत्री र शंकर बस्नेतलाई मात्र प्रहरीले पक्राउ गरेर कारवाही चलाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments