Incident Reports

Hospital death sparks protest

2018-02-05

Lumbini, Rupandehi, Butwal

Tension ran high at Lumbini Zonal Hospital in Butwal on Monday due to a protest staged by the relatives of a woman who died on Sunday during childbirth. The relatives of 31-year-old Bhagwati Adhikari accused the hospital staff of negligence that took her life. “The doctors used wrong medicines on her while she was in labour. It is the hospital’s fault that she died,” said Bhagwati’s husband Pashupati. Bhagwati’s relatives have refuse to receive her body and demanded action against the doctor and compensation. Krishna Khanal, the hospital’s medical superintendent, said, “Doctors cannot be blamed without any proof of negligence. We will investigate into the matter and take the decision.” A meeting held between Bhagwati’s relatives and the hospital representatives on Monday ended without any conclusion. सुत्केरी व्यथा लागेर अस्पताल पुगेकी बुटवलकी एक महिलाको अस्पतालमै मृत्यु भएको घटना छानबिन र क्षतिपूर्तिको माग गर्दै सोमबार आफन्तले अस्पताल घेराउ गरेका छन् । बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा भेला भएका मृतकका आफन्त । चिकित्सकले गलत औषधि दिएका कारण मृत्यु भएको भन्दै आफन्त विरोधमा उत्रिएका हुन् । आफन्तहरूले सोमबार घेराउ गर्दा अञ्चल अस्पताल तनावग्रस्त बन्यो । आफन्तले दोषीलाई कारबाही नभएसम्म शव नउठाउने चेतावनी दिएका छन् । सुत्केरी गराउन लुम्बिनी अञ्चल अस्पतालमा भर्ना भएकी बुटवल बस्दै आएकी पाल्पाकी ३१ वर्षीया भगवती अधिकारीको आइतबार मृत्यु भएको थियो । अस्पताल र आफन्तबीच सोमबार भएको छलफल निष्कर्षमा पुगेको छैन । मृतकका आफन्तले उपचारमा संलग्न चिकित्सकलाई कारबाही र क्षतिपूर्तिको माग गरेका छन् । गलत औषधि दिएकाले मृत्यु भएको भन्दै घटनाको छानबिन नभएसम्म शव नउठाउने मृतकका श्रीमान् पशुपति अधिकारीले बताए । ‘नर्सले औषधि दिएलगत्तै उनी बेहोस भइन् । यसैले घटनामा चिकित्सकको गल्ती देखिन्छ’, उनले भने । चिकित्सकहरूले बच्चादानीको पानी रसाएर रक्तनलीमा मिसिँदा मुटु र फोक्सोले काम नगरेकाले मृत्यु भएको दाबी गरेका छन् । हरेक एक लाख गर्भवतीमध्ये एकजनामा यस्तो समस्या देखिने उनीहरूको तर्क छ । गतवर्ष यस्तै समस्याले ८ गर्भवतीको मृत्यु भएको थियो । अस्पतालका अनुसार आइतबार ७ बजे सुत्केरी गराउन अस्पताल पुगेकी भगवतीलाई ९ बजे भर्ना गरिएको थियो । उनलाई श्रीधर आचार्यलगायतको विशेषज्ञ टोलीले करिब १० बजे जाँच गरेर पाठेघर खुलाउने (अक्सिट्रोसिन) औषधि दिएका थिए । करिब ११ बजे पाठेघर खुम्चाउने (सिन्ट्रोसिन) औषधि दिइएको थियो । यसको करिब १० मिनेटमै उनको शरीर शिथिल र नीलो हुँदै गयो । यसपछि चिकित्सक आत्तिएर स्लाइन चढाएका थिए । सलाइनले झन् बढी भएपछि आईसीयूको भेन्टिलेटरमा राखिएको थियो । उनको अवस्थामा सुधार नआएपछि दिउँसो अस्पतालले मृत घोषणा गरेको थियो । घटनाको छानबिन गरी अस्पताल कर्मचारी दोषी देखिए कारबाही गर्ने र पीडितलाई क्षतिपूर्ति दिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट कृष्ण खनालले बताए । ‘प्रमाणबिना चिकित्सकको लापरबाही भन्न मिल्दैन’, खनालले भने, ‘औषधिका कारण मृत्यु भए, नभएको छानबिन गर्न तयार छौँ ।’
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media

0 Comments