Incident Reports

Journalist association padlocked office in Nawalparasi

2018-02-05

Journalists associated with various media organizations and journalist associations in Nawalparasi district have padlocked the office of Federation of Nepali Journalists (FNJ) Nawalparasi Chapter's office today. A team of District Coordinator Keshav Parajuli of West Nawalparasi Press Chautari Nepal, District Coordinator of Press Center Benimaadav Basyal, District Chairman of the Revolutionary Journalist Federation, Ganesh Shyam Pokharel has padlocked the office. They said that they were forced to padlock the office because their demands of forming two association in the district as the Nawalparsi district was divided into two districts after the local level restructure. शाखा गठनलगायतका माग गर्दै पत्रकारहरुका पेशागत संगठनले पत्रकार महासंघ नवलपरासी शाखामा सोमबार तालाबन्दी गरेका छन्।उनीहरुले महासंघ संस्थागतरुपमा अघि नबढेको भन्दै असन्तुष्टि जनाएका छन्। पश्चिम नवलपरासी प्रेस चौतारी नेपालका जिल्ला संयोजक केशव पराजुली, प्रेस सेन्टरका जिल्ला संयोजक बेनिमाधव बस्याल, क्रान्तिकारी पत्रकार महासंघका जिल्ला अध्यक्ष घनश्याम पोखरेललगायतको टोलीले तालाबन्दी गरेको हो। संघीय संरचनाअनुसार नवलपरासी दुई जिल्लामा विभाजन भइसकेको र त्यसअनुरुप जिल्ला शाखा गठनका लागि लिखित माग गर्दासमेत वास्ता नगरेको भन्दै तालाबन्दी गरेको जनाइएको छ। जिल्ला विभाजनअनुसार शाखा गठनका लागि महासंघमा आवद्ध ४२ जना सदस्य र विभिन्न चार पेशागत संगठनहरुले हस्ताक्षर गरी जिल्ला र केन्द्रमा निवेदन दिंदासमेत सुनुवाई नभएकाले तत्काल माग पूरा गर्न आग्रह गरिएको हो। विभिन्न ७ सुत्रीय मागमा महासंघका अध्यक्षले आफ्नो अनुकुलमा कार्यक्रम गर्ने, पुस मसान्तभित्र नयाँ सदस्यहरुको आवेदन माग गर्ने, केन्द्रको निर्देशनलाई अवज्ञा गर्ने, महासंघका केही पदाधिकारी र सदस्यलाई जानकारी नगराई अध्यक्ष आफैले बोलाएर बैठक गर्ने, शाखामा पेश गरेका लिखित निवेदनउपर बैठकमा ऐजण्डा नै नल्याउने र आफू अनुकुलका निर्णय गर्नेजस्ता आरोप लगाउँदै शाखामा तालाबन्दी गरेको माग पत्रमा उल्लेख छ। शाखा गठनका लागि तत्काल प्रकृया अघि बढाउनसमेत पत्रकारहरुले केन्द्रीय महासंघसमक्ष आग्रह गरेका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Journalist/Media , Journalist/Media
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
National/Online Media

0 Comments