Incident Reports

Rights groups demand justice for 14-year-old rape victim in Itahari

2018-02-06

Province 1, Sunsari, Itahari

Various rights groups and social organisations organised a sit-in outside the Area Police Office, Itahari, demanding justice for a 14-year-old rape victim on Tuesday. Their delegation also submitted a memorandum to the in charge of the police post, calling for a swift investigation into the case and appropriate action against the persons involved in the crime as well as those who forced the victim and her family to agree on a financial settlement and let the culprits go scot-free. The teenage girl was raped by Jokam Limbu of Dharan and Manish Shrestha of Biratnagar at a resort in Itahari-2 on the New Year’s Eve. SP Bidhyananda Majhi, Inspector Chiranjibi Dahal and Sub-Inspector Bhim Bahadur Khatri had allegedly mediated a Rs 3 million settlement between the families of the perpetrators and the victim at the Area Police Office, Itahari, on January 2. When the case was revealed nearly a month later, Nepal Police had formed a five-member committee, led by SSP Hari Prasad Pal, to probe into the matter. The panel found the agreement paper signed by the two parties at the Area Police Office, Itahari. The three police officers who allegedly oversaw the settlement were then recalled to the centre for inquiry. Police also arrested one of the accused, Jokam, who has been remanded to a seven-day investigative custody by the Sunsari District Court. The other accused, Manish, is at large. बलात्कारको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै माघ २३ गते इटहरी २० का महिला समूह र विभिन्न सङ्घसंस्थाले इटहरी उमनपा-२० तरहरा बजारमा प्रदर्शन गरेका छन् । संयुक्त महिला सञ्जालको अगुवाईमा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको सहभागीतामा ‘प्ले कार्ड’ बोकेका सहभागीले वडा कार्यालय र प्रहरी चौकी तरहरा पुगेर दोषीलाई कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । पीडक र घटना ढाकछोप गर्न भूमिका खेल्ने प्रहरी र वडाअध्यक्ष सहितलाई कडा कारबाही गर्न पनि उनीहरूले माग गरेका छन् । यस्तै दोषीलाई कारबाहीका लागि इटहरीमा महिला सञ्जालले माघ २३ गते नै हस्ताक्षर अभियान समेत चलाएको छ । इटहरी उपमहानगरपालिका अगाडि गरिएको हस्ताक्षर अभियानमा विभिन्न समाजिक सङ्घसंस्थाले ऐक्यबद्धता जनाएका छन् । ०७४ पुस १६ गते इटहरी उमनपा-२ मा रहेको रोयल रिर्सोटमा १४ वर्षीया बालिकामाथि दुई जनाद्वारा भएको बलात्कारको घटना मिलाउन प्रहरी र इटहरी उमनपा-२० का वडाअध्यक्ष मणिकुमार श्रेष्ठ समेतको भूमिका रहेको भन्दै उनीहरूलाई समेत कारबाहीको माग गरिएको स्थानीय कमला खडकाले बताइन् । रकम लिएर बलात्कारको घटना मिलापत्र गराएको आरोप लागेका इलाका प्रहरी कार्यालय इटहरीका इन्स्पेक्टर चिरन्जीवि दाहाल र मुद्दा फाँटका सई भीमबहादुर खत्रीलाई प्रदेश प्रहरी कार्यालय विराटनगरले अनुसन्धानका लागि तानेको छ । भने मिलापत्रमा हस्ताक्षर गर्ने वडा अध्यक्ष मणिराम श्रेष्ठ माघ २२ गतेदेखि विदामा बसेका छन् । प्रहरीले बलात्कारको आरोप लागेका दुई जनामध्ये धरान उमनपा-१८ का ३६ वर्षीय जकम लिम्बुलाई माघ २० गते गिरफ्तार गरेको छ । अर्का आरोपित विराटनगरका मनिष श्रेष्ठ फरार छन् । घटनाका विषयमा छानबिन गर्न प्रदेश प्रहरी कार्यालय विराटनगरले एसएसपी हरिबहादुर पाल नेतृत्वमा छानविन समिति समेत बनाएको छ । गिरफ्तार भएकालाई जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको र फरारको खोजीका साथै घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सञ्जय राउतले बताए । कक्षा १० मा पढ्ने १४ वर्षीया बालिकालाई अंग्रेजी नयाँ वर्षको अघिल्लो दिन पुस १६ गते राति इटहरी उमनपा-२ स्थित रोयल रिसोर्टमा जकम र मनीष श्रेष्ठले वाइन खुवाएर बलात्कार गरेको र पीडितले प्रहरीलाई उजुरी दिए पनि त्यसबेला इलाका प्रहरी कार्यालय इटहरीका इञ्चार्ज चिरञ्जिवि दाहालले मोटो रकम लिएर मुद्दा दर्ता नगरी विचौलियासँग मिलेर मिलापत्र गराइ घटना गुपचुप राखेको पीडित पक्षले आरोप लगाएको छ । पीडितलाई पनि पैसाको प्रलोभन देखाएको तर पैसा नदिएकाले एक महिना पछि घटना सार्वजनिक भएको जनाइएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 24
Actor 1 - Affiliations CSO/NGO , CSO/NGO
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , INSEC

0 Comments