Incident Reports

Campus tense after bus runs over student

2018-02-06

Gandaki, Kaski, Pokhara Lekhnath

Prithvi Narayan Campus and its adjoining areas in Pokhara remained tense throughout Tuesday due to clashes between students and security personnel. The students were staging a demonstration to protest the death of fellow student Bodhraj Dhakal, who was run over by a bus on Monday. The agitating students claimed that Dhakal, a native of Syangja district, was deliberately mowed down by the bus driver following a dispute over bus fare. The students disrupted the traffic and vandalised several vehicles during the protest. नगरबसको ठक्करबाट पृथ्वीनारायण क्याम्पसका विद्यार्थी बोधराज ढकालको मृत्यु भएपछि मंगलबार पोखरा तनावग्रस्त भएको छ । ‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍ सोमबार साँझ पृथ्बीनारायण क्याम्पस गेट अगाडि नगरबसले किचेर घाइते भएका ढकालको मृत्यु भएपछि विद्यार्थीले मंगलबार विहानैदेखि चक्काजाम गरेका छन् । ढकाल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको स्याङजा–पोखरा सम्पर्क समितिका सभापति समेत हुन । नाराबाजी सहित आन्दोलनमा उत्रिएका विद्यार्थीलाई तितरवितर पार्न प्रहरीले ४ राउण्ड अश्रु ग्याँस प्रहार गरेको छ । प्रहरी र विद्यार्थीबीचको झडपमा नेविसंघका केन्द्रीय सदस्य भानु ढकाल, गोपाल गुरुङ, विद्यार्थी नेताहरु समित केसी, सुवास अधिकारी, प्रभाचन्द्र सापकोटा, गोविन्द नेपाली लगायत घाइते भएका छन । नेविसंघले पोखरा–१ बगर क्षेत्रमा विहानैदेखि सञ्चालनमा अवरोध गरेपछि नगरबस चलेको छैन । दोषीलाई कडा कारबाहीको माग गर्दै नेविसंघ आवद्ध विद्यार्थीहरुले पोखराका २५ भन्दा बढी गाडीमा तोडफोड गरेका छन् । विरोधमा उत्रिएका १३ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । घटनाको छानबिन र तत्कालै क्षतिपुर्तिको ब्यवस्थापन नभए सम्म बन्द फिर्ता नहुने नेविसंघ कास्कीले जनाएको छ । घट्नाको विषयलाई लिएर प्रहरी प्रशासन, पीडित र पीडक पक्षबीच जिल्ला प्रहरी कार्यालय कास्कीमा छलफल समेत भइरहेको छ । ...... विद्यार्थी नेताको मृत्युको विषयलाई लिएर पोखरा-लेखनाथ मनपा-१ मा रहेको पृथ्वीनारायण क्याम्पस अगाडि विद्यार्थी र प्रहरीबिच माघ २३ गते भएको झडपमा १७ जना घाइते भएका छन् । झडपमा परेर ११ जना विद्यार्थी, पाँच जना प्रहरी र एकजना पत्रकार घाइते भएका हुन् । पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य गोपाल गुरूङ, नेपाल विद्यार्थी सङ्घ क्याम्पस इकाई समितिका अध्यक्ष दिपक वाग्ले, सदस्यहरू सतिश बास्तोला, अनिश पाण्डे, विकास खत्री, समिप केसी, गोविन्द नेपाली, ओम सुवेदी, शिवराज गिरी, स्वीकार पोखरेल, नयाँशक्ति पार्टीको विद्यार्थी सङ्गठनका रेशम सापकोटा र पत्रकार प्रकाश ढकाल घाइते भएका नेविसङ्घ क्याम्पस इकाई समितिका अध्यक्ष दिपक वाग्लेले जानकारी दिए । घाइते सबै विद्यार्थी स्थानीय मेडिकलमा उपचारपछि घर फर्किएका छन् । त्यसैगरी इन्स्पेक्टर बसन्त शर्मा, हवल्दार यामप्रसाद तिवारी, जवानहरू हरीप्रसाद शर्मा, बलराम वली र चन्द्रवहादुर वली घाइते भएका प्रहरीले जनाएको छ । घाइते सबैको फिस्टेल अस्पताल पोखरामा उपचार भएको जिल्ला प्रहरी कार्यालय, कास्कीका डिएसपी खड्गबहादुर खत्रीले बताए । माघ २२ गते नगरबसको ठक्करबाट घाइते भएका स्याङजा घर भई पृथ्वीनारायण क्यापसमा अध्ययनरत पृथ्वीनारायण क्याम्पस सम्पर्क समितिका अध्यक्ष २४ वर्षीय बोधराज ढकालको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको विषयलाई लिएर विवाद भएको थियो । ढकालको मृत्युपछि आरोपित चालकलाई कारवाही गर्नुपर्ने माग गर्दै माघ २३ गते बिहानैदेखि पृथ्वीनारायण क्याम्पस अगाडि विद्यार्थीले प्रदर्शन गरेका थिए । आन्दोलनका क्रममा स्थिति नियन्त्रणमा लिन भन्दै प्रहरीले दुई सेल अश्रु ग्याँस समेत प्रयोग गरेको थियो । आन्दोलनका क्रममा प्रहरीले माघ २३ गते नै १६ जना विद्यार्थीलाई गिरफ्तार गरी रिहा गरेपछि आन्दोलन स्थगित भएको नेविसङ्घले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Violent demonstration
Weapons Blunt weapon , Blunt weapon
Primary Cause Extra-judicial response to traffic accidents
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Nepali Congress and affiliated org , Nepali Congress and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people 12
Actor 2 - Affiliation Police Police
Actor 2 - Youth unknown
Total Injured 17
Totally damaged Vehicles 25
National/Online Media , INSEC

0 Comments