Incident Reports

पत्रकार राउतमाथि प्रहरीद्वारा कुटपिट

2018-02-04

Province 1, Morang, Uralabari

समाचार लेखेको विषयलाई लिएर इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी जवान राजु श्रेष्ठले उर्लाबारीका पत्रकार मिलन के राउतमाथि सांघातिक आक्रमण गरेका छन्। शनिबार उर्लाबारीकोचोकमा बसिरहेको बेला श्रेष्ठ आएर त्यो समाचार किन लेखेको भन्दै आफूमाथि अन्धाधुन्ध कुटपिट गरेको पत्रकार राउतले बताएका छन्।उर्लाबारीबाट प्रकाशित निगरानी दैनिकमा 'यौनधन्दा चलाउनेहरुसंग प्रहरी निरीक्षक थापा रकम असुल्दै' भन्दै उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापा र प्रहरी जवान राजुको बारेमा समाचार आएको थियो। पत्रकार राउतले आफुले निगरानी दैनिक छोडेको १ वर्ष भैसकेको र आफुले नलेखेको समाचारबारे आएर कुटपिट गरेको बताए। राउतको ओठ तथा घाँटी तथा शरीरको विभिन्न भागमा चोट लागेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Attack on Journalist
Weapons None , None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police , Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
Total Injured 1
Local Newspaper - Jhapa

0 Comments