Incident Reports

Justice seeker beaten in police office

2018-02-21

Madhes, Parsa, Birgunj

A person who was visiting police in hopes of getting justice has reportedly been assaulted at DPO itself in Parsa. Raghubir Raut Kurmi of Jagarnathpur rural municipality-6 Prashauni Shira said that he was beaten by sub-inspector Binod Sah in District Police Office Parsa on Wednesday for being late. Kurmi also reported that Sah had presurred him to reach a settlement in a case on order of ward chairman Ayodhya Patel. Kurmi was beaten by brothers of Dina Patel, Sahadev Patel and Mahadev Patel on the evening of Saraswati Puja after running into a dispute with Dina. The duo reportely kicked, slapped, and hit him with stick with the intent of killing him. He lost two teeth in the incident. he was summoned to the DPO regarding the same case. Although he had lodged complaint against them at the police, no action had been taken yet. जिल्ला प्रहरी कार्यालय पर्सामा न्याय माग्न पुगेका एक पीडितमाथि नै कार्यालयमा अन्याय भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साको केरकार शाखामा कार्यरत प्रहरी नायब निरीक्षक विनोद साहले पीडितलाई नै कुटपीट गरी थुनेको तथ्य बाहिरिएको हो । जगरनाथपुर गाउँपालिका-६, प्रसौनी शिरा निवासी रघुबिर राउत कुर्मीलाई न्याय दिनुको साटो प्रनानी साहले उल्टै कुटपीट गरेको गुनासो उनले गरेका छन् । ‘बुधबार मलाई जिल्लामा आउन भनिएको थियो । आउँदा-आउँदै मेरो मोटरसाइकल पन्चर भयो । आउन ढिला भयो,’ उनले भने, ‘कार्यालयमा आइपुग्दा किन ढिला आएको भन्दै कुटपिट गर्नुको साथै थुने ।’ कुर्मीका अनुसार साहले वडा अध्यक्ष अयोध्या पटेलको दबावमा मुद्दामा मिलापत्र गर्न समेत दबाव दिँदै आएका थिए । एक महिनादेखि जिल्ला प्रहरी कार्यालय धाउँदा पनि आफूले न्याय नपाएको बरु उल्टै अन्याय भएको गुनासो उनले सञ्चारकर्मीहरु सामु गरे । ‘माघ ७ गते घरदेखि पश्चिमतर्फ रहेको नेरा प्रावि पर्सौनीमा सरस्वती पूजाको तयारी भइरहेको थियो । रातिको ९/१० बजेतिर अँध्यारो भएका कारण बत्तिको व्यवस्था गर्न विद्यार्थीहरुलाई भनिरहेको थिएँ । त्यही बखत आइपुगेका दिना पटेलले फोहोर गाली गर्दै कसले बत्तिको कुरा गर्दैछ भने ।’ उनले अघि भने, ‘मैले विद्याको मन्दिरमा फोहोर शब्द प्रयोग गर्नु राम्रो होइन मात्रै के भनेको थिएँ, दिनाले आफ्नो दाइ सहदेव र महादेवलाई बोलाएर कुटपीट गरे ।’ उनीहरुले आफ्नो ज्यान मार्ने नियतले घेरामा पारी लात्ता, थप्पड र लठ्ठीले प्रहार गरेको र आफ्नो तल र माथिको एक–एक वटा गरी दुईवटा दाँत समेत झारिदिएको रघुबीरको भनाइ छ । उनको अनुहारको विभिन्न भागमा अझैपनि निलडाम छ । प्रहरी कार्यालयमा उनीहरु विरुद्ध उजुरी दिएको भएपनि कुनै सुनवाई नभएको र उल्टै प्रहरी कार्यालयमा आफूलाई कुटपीट गरिएको उनको दावी छ । जिल्ला प्रहरी कार्यालयमा भेटिएका केरकार शाखाका इन्चार्ज समेत रहेका प्रनानी विनोद साहले दुई–चार थप्पड लाउनुलाई कुटिएको भन्न नमिल्ने तर्क गरे । ‘प्रहरीले दुई–चार थप्पड लगाउनु र थुन्नु ठूलो कुरा होइन,’ उनले भने । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता राजन लिम्बुले भने प्रहरी कुनैपनि व्यक्ति अन्यायमा परुन् भन्ने पक्षमा नरहेको बताए । ‘अन्यायमा परेका सबैले न्याय पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो,’ उनले भने, ‘यदि रघुबीर वास्तवमै अन्यायमा परेको भए हामी न्याय दिलाउँछौं ।’
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None , None
Primary Cause Law and Order Violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police , Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Parsa , Local Newspaper - Mahottari

0 Comments