Incident Reports

Hospital tensed following the death of a patient

2018-02-26

Bagmati, Chitawan, Bharatpur

The situation of Bharatpur Community Hospital tensed following the death of patients on February 26. 45-years-old Som Bahadur Tamang, a resident of Ratnanagar Municipality-15 lost while undergoing a treatment at the hospital. The relatives of the deceased protested outside the hospital stating the negligence of the doctors as a part of his death. Dr Krishna Prasad Paudel and his team performed the surgery of Tamang. The discussion among the hospital management and the relatives of the victim is going on at the moment. भरतपुरस्थित भरतपुर सामुदायिक अस्पतालमा उपचारको क्रममा एक बिरामीको मृत्यु भएपछि तनाव सिर्जना भएको छ । ढाँडको अप्रेसन गरेका रत्ननगर नगरपालिका १५ का करीव ४५ वर्षीय सोमबहादुर तामाङको सोमबार दिउँसो निधन भएको हो । आफन्तले अस्पताल बाहिर प्रदर्शन गरेका छन् । अस्पताललाई अहिले प्रहरीले सुरक्षा दिइरहेको छ । मृतकका आफन्तहरुले अस्पतालको लार्पवाहीका कारणले ज्यान गएको भन्दै चिकित्सकलाई कारर्वाही हुनुपर्ने माग राखेका छन् । तर, अस्पतालका चिकित्सक डा. सुनिलमणि पोखरेलले बिरामीको ‘हर्ट एट्याक्ट’ भएर निधन भएको प्रारम्भिक जानकारी पाएको बताए । ११ फागुनमा ढाँडको अप्रेसन गरेका तामाङ सोमबार दिउँसो २ बजेसम्म आफन्तहरुसँग कुराकानी गरिरहेका थिए । उनी अस्पतालको शौचालयमा लडेपछि हर्ट एट्याक्क भएको अस्पतालको दावी छ । तामाङको अप्रेशन हाडजोर्नी तथा नशारोग बिषेशज्ञ डा. कृष्णप्रसाद पौडेल लगायतको समूहले गरेको थियो । डा. पौडेलले सुगरका समेत रोगी रहेका तामाङको हर्ट एट्याक्क भएर मृत्यु भएको बताए । अस्पतालले ४ बजे तामाङको मृत्यु भएको जानकारी आफन्तलाई गराएको थियो । मृतकका आफन्त राजु वाइवाले अस्पतालले समयमा नै ख्याल नगर्दा बिरामीको मृत्यु भएको भन्दै कारर्वाही हुनुपर्ने माग गरे । अर्का आफन्त विश्वास खड्काले हर्ट एट्याक्क नै भएको पनि अस्पतालमा आएको बिरामी कसरी मर्छ भनि प्रश्न गरे । उनले भने ‘अस्पतालमा बाँच्न आउने हो मर्न आउने हैन ।’ पीडित पक्ष र अस्पताल प्रशासनवीच वार्ता भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media

0 Comments