Incident Reports

Suwarnapur Women stage demonstration carrying brooms

2018-02-01

Madhes, Parsa, Parsa, Ward 2

Local women of Suwarnapur in Thori rural municipality-5 staged a demonstration carrying broom on Thursday against the decision of transferring the service center. The women staged demonstration with broom at Chiringtol, Kshetriyatol, Dandatol, Gduwaalain, Pradhantol, Thulo Baghmorcha, Sano Baghmorcha and then came back to Subarnapur chowk. After returning back to Suwarnapur chowk the protest was converted into corner assembly. ठोरी गाउँपालिका–५ सुवर्णपुरका महिलाहरूले सेवाकेन्द्र सार्ने निर्णयको विरोध गर्दै बिहीवार कुचो जुलुस निकालेका छन् । हातहातमा कुचो लिएर महिलाहरूले सेवा केन्द्र सार्ने निर्णयको विरोध गर्दै प्रदर्शन गरेका हुन् । सरकारले सुविधायुक्त स्थानमा राखेको सेवा केन्द्र गाउँ भेलाले सार्नु गलत भएको भन्दै टोलटोलबाट महिलाहरू कुचो लिएर स्वस्फूर्तरूपमा प्रदर्शनमा उत्रिएका सङ्घर्ष समितिका संयोजक सुन लामाले बताए । महिलाहरू सुवर्णपुर चोकदेखि छिरिङटोल, क्षत्रीटोल, डाँडाटोल, गडुवाललाइन, प्रधानटोल, ठूलो बाघमोर्चा, सानो बाघमोर्चा हुँदै पुनः सुवर्ण चोकसम्म कुचोसहित विरोध प्रदर्शन गरेको उनले बताए । महिलाहरूले गरेको विरोध प्रदर्शन सुवर्णपुर चोकमा आएर कोणसभामा परिणत भएको थियो । विरोधसभालाई सङ्घर्ष समितिका संयोजक लामाले सम्बोधन गर्दै गाउँभेलाले गरेको निर्णय नसच्याएसम्म आन्दोलन जारी राहने बताएका थिए । गाउँ भेलाले ठोरी गाउँपालिका–५ मा रहेको सेवा केन्द्र ठोरी गापा–४ घ्याङडाँडामा सार्ने निर्णय गरेपछि सुवर्णपुरवासी सङ्घर्ष समिति गठन गरेर मङ्गलवारदेखि आन्दोलनमा उत्रेका हुन् । बन्दकर्ताले गाउँपालिका कार्यालयको मूल गेटमा मङ्गलवार बिहानदेखि अनिश्चतकालीन तालाबन्दी गरी चक्काजाम गर्दै आएका छन्। सेवाकेन्द्र यथास्थान राख्नुपर्ने, सबै वडामा समान ढङ्गले बजेट विनियोजन गर्नुपर्ने, अस्पताल सबैलाई पायक पर्ने ठाउँमा राख्नुपर्ने लगायत माग राखी सङ्घर्ष समिति आन्दोलनमा उत्रेको हो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Protesters/demonstrators , Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments

Related Trend Analysis