Incident Reports

Torch rally by residents of Brahmanagar

2018-03-08

Madhes, Parsa, Parsa, Ward 1

Locals of Thori rural municipality-3 staged a torch rally on Thursday demanding the service center of the rural municipality to be shifted there which according to them lies in the center of the rural municipality and would be convenient for everyone to avail service. The torch rally which started from Brahmanagar Manechowk and turned into a corner assembly after reaching Dhungebazar. गाउँपालिकाको सेवा केन्द्र मध्य भागमा राख्नुपर्ने माग राख्दै ठोरी गाउँपालिका–३ का बासिन्दाले बिहीवार साँझ मसाल जुलुस प्रदर्शन गरेका छन् । ब्रह्मनगर मानेचोकबाट शुरु भएको मसाल जुलुस ढुङ्गेबजार पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सङ्घर्ष समितिका संयोजक श्याम श्रेष्ठ, माओवादी केन्द्रका युवा नेता बालकुमार बस्नेत, युवा नेता अमित श्रेष्ठलगायतले सम्बोधन गरेका थिए । गाउँपालिकाले माग सम्बन्धमा कुनै सुनुवाइ नगरेकोले शुक्रवारदेखि शैक्षिक संस्था र मोटरसाइकलसमेत चल्न नदिने तथा आन्दोलनलाई थप सशक्त पार्ने चेतावनी उनीहरूले दिएका छन् । गाउँसभाले गरेको निर्णय सच्याउन पटकपटक दबाब दिंदा पनि गाउँपालिकाले अटेर गरेकोले राँके जुलुस प्रदर्शन गर्न बाध्य बनेको उनीहरूले बताएका छन् । ठोरी गापाको बहुसङ्ख्यक जनताको भावनाविपरीत सेवाकेन्द्र अध्यक्षकै टोल घ्याङडाँडामा सार्ने निर्णय गरेको उनीहरूको आरोप छ । सङ्घर्ष समितिको अगुवाइमा स्थानीय महिलाहरूले बुधवार नाङलो लिएर प्रदर्शन गरेका थिए । गाउँसभाको निर्णयविरुद्ध वडा ३ का बासिन्दा एक सातादेखि आन्दोलनमा छन् । मलास जुलुस प्रदर्शन अघि सङ्घर्ष समितिले ढुङ्गेबजारमा पर्साका डिएसपी मानबहादुर राई नेतृत्वको टोलीसँग आन्दोलबारे छलफल भएको संयोजक श्रेष्ठले बताए । छलफलमा जिल्ला समन्वय समिति पर्साका उपाध्यक्ष एवं वार्ता टोलीका संयोजक ठाकुर न्यौपाने, नेपाल पत्रकार महासङ्घ प्रदेश २ का सदस्य प्रताप श्रेष्ठ, इलाका प्रहरी कार्यालय, ठोरीका प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुलगायतको सहभागिता थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Protesters/demonstrators , Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments

Related Trend Analysis