Incident Reports

Child swap case creates tension in narayani sub-regional hospital

2018-02-20

Madhes, Parsa, Birgunj

The situation at Narayani sub-regional hospital remained tensed the entire day due to the case of child swapping. The family members burnt tyres at the gate of hospital blocking the way into the hospital for two hours. The administration building was padlocked by the relatives and family of the affected. Due to padlocking the employees along with the security personnel were locked inside the hospital for more then two hours. नारायणी उपक्षेत्रीय अस्पतालमा बच्चा साटिएको विषयलाई लिएर आज दिनभरि अस्पताल क्षेत्र तनावग्रस्त भएको थियो। अस्पताल गेट अगाडि टायर बालेर दुई घण्टासम्म परिवारजनले बाटो अवरुद्ध गरेका थिए। बाटो अवरुद्ध भएको क्रममा अस्पतालबाट कुनै पनि सवारीसाधन आवतजावत भएको थिएन भने मुख्य सडक पनि अवरुद्ध भएको थियो। परिवारजनले नारायणी उपक्षेत्रीय अस्पतालको प्रशासनिक भवनमा तालाबन्दी गर्दा सुरक्षाकर्मी सहित अधिकांश कर्मचारी दुई घण्टासम्म थुनिएका थिए। पछि थप प्रहरी पुगेर ताला फोडेर सुरक्षाकर्मी सहित अन्य कर्मचारीलाई मुक्त गरेका थिए। आन्दोलनको कारण आज उपचार गराउन आएका बिरामी अलपत्र परेका थिए भने काम गर्न पुगेका चिकित्सकसँग परिवारजनले दुव्र्यवहार गरेपछि चिकित्सकहरू काम छाडेर फर्केको डा. मनोज गुप्ताले बताए। कुनै पनि विवाद वार्ताको माध्यमबाट समाधान गर्नुपर्नेमा डाक्टरहसँग दुव्र्यवहार गर्दा काम छाडनुपरेको उनले बताए। परिवारजनले विरोधस्वरूप कार्यालयमा तालाबन्दी, सडक अवरुद्ध गर्दा सुरक्षाकर्मी सहित मूकदर्शक भएर बसेका थिए। घटना विवरण अनुसार बारा, परवानीपुर–१ बहुअरी निवासी सुरज साहले आफ्नो बच्चा साटिएको भनी फागुन ५ गतेदेखि विवाद गर्दै आएका थिए। हिजो पनि साहको परिवारजनले विवाद गर्दा आज छलफलको लागि अस्पताल प्रशासनले बोलाएको थियो। पीडित साहका अनुसार छोरी मरेको अवस्थामा नजन्मिएको बताउँदै उनले बच्चा साटिएको आरोप लगाए। अस्पतालमा रहेको सिसिटिभी फुटेज हेर्दा घटना स्पष्ट हुने उनले दाबी गरे। जन्मेको बच्चाको रङ्ग पनि आफुसँग नमिलेको बताउँदै बच्चा साटिएको दाबी गरे। त्यसैगरी आज बिहान वीरगंज महानगरपालिका इनर्वासिरा निवासी सञ्जय पटेलले आप्mनो बच्चा साटिएको भन्दै अस्पतालमा घण्टौं विवाद गरेका थिए। अभिभावक पटेलका अनुसार पत्नीलाई ब्यथा लागेपछि ससुराली सुगौलीबाट नाउक्ष्Fे अस्पताल ल्याउने क्रममा बजरङ्ग सिनेमा हल, रानीघाट अगाडि छोरा जन्मेको बताए। छोरा जन्मेपछि नाइटो काट्न आपूm मात्र अस्पताल आएको र तीन घण्टापछि स्टाफहरूले छोरी भएको बताएपछि आपूm चकित भएको बताए। अस्पताल पु¥याउन टेम्पो भाडामा लिएको र भाडाबापत रु ६ सय दिनुपर्नेमा छोरा पाएको खुशीमा रु १ हजार दिएको बताउँदै टेम्पो चालकले पनि छोरा जन्मेको जानकारी भएको बताए। अस्पतालमा बच्चा साटिएको घटनालाई लिएर पटक–पटक विवाद हुँदै आएको छ। स्थानीय प्रशासन तथा सरोकारवालाले सो ठाउँमा सिसिटिभी जडान गर्न माग गरेका छन् । तर अस्पताल प्रशासनले गाइनो वार्ड अति संवेदनशील भएको कारण सो वार्डमा सिसिटिभी जडान गर्दा दुरुपयोग हुने सम्भावना रहेको बताएको छ। घटनाको विषयमा एकजना महिला चिकित्सकले मानिसमा छोरी जन्मोस् भन्ने चाहना नै छैन, छोरी जन्मिए कि होहल्ला गर्ने र चिकित्सकसँग दुव्र्यवहार गर्ने परम्परा नै बसेको बताइन्। अस्पतालका मेसु डा. इमामुलले परिवारजनको भनाइ अनुसार आपूmले वार्ड बाहिर रहेको सिसिटिभी फुटेज हेरेको र केही फेला नपरेको प्रतिक्रिया दिए। अस्पतालजस्तो ठाउँमा बच्चा साटिएको आरोप लगाउनु गलत भएको उनले भने। अस्पताल वरपरका तŒवले घटनालाई उक्साएर अस्पताललाई बदनाम गर्न खोजेको उनको निष्कर्ष छ। नाउक्ष्Fे अस्पतालमा बच्चा जन्मिदा शुल्क नलाग्ने, निश्शुल्क उपचार र भत्ता पाउने गरेकोमा अन्य निजी क्लिनिक तथा अस्पतालहरूको पनि षडयन्त्र हुन सक्ने बताए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Road block
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Family/relative , Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments