Incident Reports

Man arrested on the charge of wife's murder

2018-02-17

Province 1, Panchthar, Phidim, Ward 3

Police have arrested 62-year-old Dik Bahadur Mukhiya of Phidim municipality-3 on the charge of murder of his wife. Police arrested him after Dik Bahadur's neighbours lodged a complaint at police on Sunday after Dik Bahadur's wife went missing following his assault on her on February 17. During police interrogation Dik Bahadur confessed that he killed his wife and burried the body at a potato field. Police later dug out the body from the said place. Police are further investigating on the incident by taking Dik Bahadur into custody. आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा फिदिम नगरपालिका–३ सिलौटे बस्ने ६२ बर्षीय डिक बहादुर मुखियालाई प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेका मुखियाले फागुन ५ गते ४५ बर्षीया श्रमिती गंगामाया मुखियालाई कुटपिट गरेको र सोही दिनदेखि गंगामाया बेपत्ता भएको भनी स्थानीय बासिन्दाहरुले आइतबार प्रहरी चौकी पौवामा निवेदन दिएका थिए । प्रहरीले मुखियालाई नियन्त्रणमा लिई सोधपुछ गर्दा घरदेखि टाढा आलुबारीमा गंगामायाको हत्या गरी वर्कोले बेरेर गाडेको बताएपछि खटिएको प्रहरीले उक्त स्थानमा उत्खनन गर्दा गाडेको अवस्थामा शव फेला परेको थियो । यस सम्बन्धमा प्रहरीले अन्य आवश्यक अनुसन्धान गरिरहेको छ । Update......................................... आफ्नै श्रीमतीको हत्या गरी बारीमा गाढ्ने वृद्धलाई पाँचथर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ । आफ्नै श्रीमतीको हत्या गरी अलु बारीमा गाढेर श्रीमती हराएको भन्दै प्रहरीमा उजुरी दिने नाटक रचेका फिदिम नगरपालिका–३ का ६१ वर्षिय डिकबहादुर सुनुवारलाई जिल्ला न्यायाधिस मनोज केसीको इजलासले १० वर्ष कैद सजाय हुने फैसला सुनाएको हो । अभियुक्त सुनुवारले आफ्नै ४२ वर्षिया श्रीमती गांमाया मुखियालाई २०७४ फागुन ५ गते हत्या गरेका थिए । हत्या पछि उनले श्रीमतीको शव घर नजिकैको आलु बारीमा गाढेका थिए । मुद्दाको फैसला अनुसार सुनुवारलाई जिल्ला कारागार चलान गरिएको अदालतका सूचना अधिकारी मोहन जबेगूले बताए । सुनुवारले श्रीमती गंगामायाको फागुन ५ गते मध्यराती घरमा कोही नभएको अवस्थामा उत्तिसको दाउरा र मुक्का प्रहार गरी हत्या गरेको बयान प्रहरीलाई दिएका थिए । श्रीमती हत्याबारे कसैले थाहा नपाउन भनेर उनले श्रीमतीको शव आलु बारीमा खाल्डो खनेर गाढेका थिए । हत्याको रहस्य पत्ता नलागोस भनेर उनले प्रहरीमा श्रीमती हराएको नाटक समेत रचेका थिए । श्रीमतीको हत्यापश्चात सुनुवारले आफ्नी श्रीमती हराएको भन्दै प्रहरी चौकी पौवाभञ्ज्याङमा मौखिक उजुरी दिएका थिए । हत्या र उजुरीपछि घरैमा बस्दै आएका सुनुवारको गतिविधि शंकास्पद रहेको पाइएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिई सोधपुछ र अनुसन्धान गर्ने क्रममा सुनुवारले श्रीमतीको हत्या गरेको स्विकारेका थिए । रक्सीले मातेका उनले श्रीमतीलाई दाउराको चिर्पटले हानेर हत्या गरी आलु वारीमा शव गाडेर त्यसमाथि आलु रोपेका थिए । तथ्य पत्ता लागेपछि फागुन २० गते कंकाल उत्खनन गरी पोष्टमार्टम गरिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None , None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative , Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Police website , INSEC , Local Newspaper - Jhapa , Local Newspaper - Mahottari , Local Newspaper - Dhanusha , Local Newspaper - Morang

0 Comments