Incident Reports

Ward chairperson resorts to vandalism

2018-03-08

Karnali, Kalikot, Khandachakra, Ward 6

A group led by ward chairman of Khandachakra municipality-6 in Kalikot Jagadish Shahi vandalized Majorpakha Rural Drinking water project over dispute of the water source. The drinking water project supplied water from higher region of Khandachakra municipality-6 to locals of Pili in Khandachakra municipality-7. Locals of Pili have faced drinking water shortage after the incident. According to Locals of Pili Shahi and his group have broken water tanks and cut pipes supplying water to Pili. They have come to the district administration demanding justice. जिल्लाको खाँडाचक्र नगरपालिका– ६ का वडाध्यक्ष जगदीश शाहीको नेतृत्वमा गएको टोलीले खानेपानी आयोजना तोडफोड गरेपछि गाउँमा खानेपानीको समस्या भएको छ। मुहान विवादमा खाँडाचक्र नगरपालिका–६ को लेकाली भेगबाट वडा नं. ७ पिलीको गाउँमा लिएको खानेपानी आयोजना तोडफोड गरी भत्काएपछि पिलीबासीलाई खानेपानीको समस्या भएको हो। फनबोर्ड, नगरपालिका र पुरानो साविकको दाँहाँ गाविसको आर्थिक सहयोग तथा हुरेडेक नेपालको प्राविधिक सहयोगमा निर्माण गरिएको मेजरपाखा ग्रामीण खानेपानी आयोजनाको मुहान विवादमा वडाध्यक्षकै नेतृत्वका गएको गाउँलेको टोलीले, मुहान तथा बीच भागमा रहेका ट्यांकी तोडफोड तथा पाइपलाई ठाउँ ठाउँमा काटिदिएपछि पिलीका स्थानीय नागरिक जिल्ला प्रशासनमा न्याय माग्न आएका छन्। खानेपानी आयोजनाको प्राविधिक सहयोग गर्ने हुरेडेग नेपालका सामाजिक परिचालक ललित मल्लले पिलीको करोडौंको खानेपानी आयोजना निर्माण सम्पन्न भएको तीन महिना नबित्दै जनप्रतिनिधिसहितको टोलीले भत्काइदिएपछि पिलीमा खानेपानीको समस्या भएको बताए। उनका अनुसार फनबोर्डको ५२ लाख, साविकको दाँहाँ गाविसको ४ लाख २८ हजार, खाँडाचक्र नगरपालिकाको ५ लाख र जन श्रमदान १६ लाख गरी ७७ लाख लगानीमा तीन वर्ष पहिलेदेखि निर्माण सुरु भई निर्माण सम्पन्न भएको खानेपानी आयोजना वडाध्यक्षकै नेतृत्वमा गाउँलेले तोडफोड गरेका छन्। पिलीनिवासी स्थानीय पुत्रबहादुर मल्लले वडाध्यक्षकै नेतृत्वमा खानेपानी आयोजना तोडफोड गरिएपछि गाउँमा पिउने पानीको समेत समस्या रहेको बताउँदै जिल्ला प्रशासन कार्यालयमा आएर पिलीका नागरिकलाई न्याय दिन निमित्त प्रमुख जिल्ला अधिकारीसमक्ष माग गरेका छन्। उनले नागरिकलाई विकास दिने सरकारको प्रमुखले नै नागरिकले गरेको विकासलाई भत्काएको भन्दै कानुनी कारबाहीका लागि पनि माग गरे। उनले भने, ‘सिंहदरबार गाउँमा आयो भनिएको छ। गाउँको विकासका लागि गाउँमै सरकार भनिएको छ तर गाउँको सरकारकै नेतृत्वमा खानेपानी आयोजना तोडफोड गरियो। पूर्ण सरसरफाइ उन्मुख पिलीको गाउँमा खानेपानीको समेत अभाव भएको छ।’ उनले दुई–दुई वटा खोलामा पानी बगेर सिँचाइ गरिरहेका दाँहाँका नागरिकले सिँचाइ प्रभावित भयो भनेर आफूहरूको खानेपानी आयोजना भत्काएको बताए। तर, वडाध्यक्ष शाहीले आफूले आयोजना तोडफोड नगरेको बताए। उनले गाउँलेले बेला–बेला त्यो आयोजना रद्द गर्न प्रशासन, नगरपालिकामा निवेदन दिएको तर सम्बन्धित निकायले ध्यान नदिँदा गाउँले आवेसमा आएर तोडफोड गरेको बताए। उनका अनुसार ०७३ साल मंसिर १४ गते तत्कालीन जिल्ला विकास समितिको जलस्रोत समितिमा उक्त आयोजना दर्ता भयो। ०७३ साल फागुन २६ गते आयोजना रद्द गर्न प्रशासनमा गाउँलेले निवेदन दिएका थिए। निमित्त प्रमुख जिल्ला अधिकारी राजकुमार दुलालले पिलीको खानेपानी आयोजनाको आफूहरूले अनुगमन गरिसकेको र बिहीबार खाँडाचक्र नगर प्रमुख पाण्डेसहितको उपस्थितिमा दुई पक्षबीच छलफलका लागि बोलाएको बताए। उनले सिँचाइ समस्या देखाएर नागरिकलाई पिउने पानीबाट वञ्चित गर्न नपाइने बताए। उनले भने, ‘सार्वजनिक सम्पत्तिमा क्षति पु¥याउनेलाई आवश्यक कारबाही हुन्छ।’ विश्व बैंकको सहयोगमा खानेपानी तथा ढल निकास विभागमार्फत ग्रामीण खानेपानी तथा सरसफाइ कोष (फन्डबोर्ड) को प्रमुख लगानीमा स्थानीय समुदायको नगद तथा श्रमदान, तत्कालीन दाहा गाविस र खाँडाचक्र नगरपालिका गरी ७७ लाख लगानीमा सञ्चालन भएको आयोजना तोडफोड भएपछि स्थानीय आक्रोशित भएका हुन्  ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons None , None
Primary Cause Access/control of water resources (irrigation, hydropower)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health) , Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media

0 Comments