Incident Reports

Kapilvastu man held for ‘raping his neighbour

2018-03-09

Lumbini, Kapilbastu, Shivaraj, Ward 10

Police arrested a 32-year-old man from Shivaraj Municipality-10 in Kapilvastu district for allegedly raping his 24-year-old neighbour on Friday. The woman has accused the man of entering her house uninvited and raping her. Police said the suspect was being held in custody for interrogation. (PR) साता नबित्दै जिल्लामा बलात्कारको अर्को घटना सार्वजनिक भएको छ । शिवराज नगरपालिका–१० लालपुर शिहरवाकी २४ वर्षीया युवती बलात्कृत भएकी हुन् । छिमेकी ३२ वर्षे जैफुल्लाह मनिहारले युवतीलाई घरमै पसेर बलात्कार गरेको पीडित परिवारले जनाएको छ । घटनापछि युवतीका जेठाजुले मनिहारलाई घरभित्रै थुनेका थिए । मनिहारलाई प्रहरीले हिरासतमा राखेको छ । पीडित परिवारले मनिहार जबरजस्ती घरभित्र पसेर बलत्कार गरेको जानकारी दिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झवीन्द्र भट्टराईले बताए । वैदेशिक रोजगारीमा रहेका मनिहार केही दिनअघि मात्र घर फर्केका हुन् । पीडित युवतीका पति पनि वैदेशिक रोजगारीमा छन् । योसँगै जिल्लामा एकै साता बलात्कारका तीन घटना भएका छन् । गत शनिबार कपिलवस्तु नगरपालिका–१० कटुवाकी ७ वर्षे नाबालिकामाथि बलात्कार प्रयास भएको थियो । त्यसअघि मंगलबार कपिलवस्तु नगरपालिका–५ दलदलहाकी ५ वर्षे बालिका बलात्कृत भएकी थिइन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments