Incident Reports

Sit-in organized in Birgunj demanding control of mosquitoes

2018-03-11

Madhes, Parsa, Birgunj

Nepali Congress's Regional Committee organized a sit-in for an hour in Birgunj on Sunday demanding control of mosquitoes. The committee had submitted a memorandum to Mayor of Birgunj metropolitan with various demands. गर्मी बढेसँगै वीरगञ्ज महानगरपालिकामा लामखुट्टेको विगविगि सुरु भएपछि नागरिकहरुले नियन्त्रण गर्न माग गरेका छन् । लामखुट्टे नियन्त्रणको माग गर्दै नेपाली कांग्रेस क्षेत्रीय समितिले आइतबार वीरगञ्जमा एक घण्टा धर्ना दिएको हो । कांग्रेस पर्सा क्षेत्र नं १ का सभापति विजय सर्राफको नेतृत्वमा रहेका नेता कार्यकर्ताहरुले बिहान साढे ११ देखि दिउँसो साढे ३० सम्म धर्ना दिएका हुन् । कांग्रेस क्षेत्रीय समितिले विभिन्न माग राखेर वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीलाई ज्ञापनपत्र समेत बुझाएको नेविसंघका नेता दिलिपराज कार्कीले जानकारी दिए । ज्ञापनपत्रमा छिटोभन्दा छिटो लामखुट्टे नियन्त्रण गर्नुपर्ने, ट्राफिक र फोहोर व्यवस्थापन गर्नुपर्ने माग राखिएको छ । ‘लामखुट्टेले नगरवासीले सास्ती भोगिरहेका छन् महानगरलाई वास्तै छैन, ई-रिक्सा अत्याधिक भएर नगरमा जाम बढेको छ व्यवस्थित गरिएको छैन ।’ काँग्रेसका क्षेत्रीय अध्यक्ष सर्राफले भने ‘ अर्कोतिर मितेरी पुलदेखि गण्डकसम्म मुख्य सडकमै खुल्ला मासु बिक्रि गरेर नगरलाई कुरुप पार्ने काम भएको छ । बाहिरको मानिस आउँदा नराम्रो सन्देश गईरहेको छ ।’ महानगर जनस्वास्थ्यका सवालमा गम्भीर नदेखिएकोले ध्यानाकर्षण गराएको र नगर प्रमुख पनि सकारात्मक देखिएको उनको भनाइ छ । महानगर भन्छः औषधि छर्न शुरु भइसक्यो वीरगञ्ज महानगरपालिका कार्यालयले भने लामखुट्टे नियन्त्रणका लागि काम शुरु भइसकेको जनाएको छ । कार्यालयका अनुसार शुक्रबारबाटै लामखुट्टे नियन्त्रणका लागि औषधि छर्ने काम शुरु भइसकेको हो । महानगरले औषधि भनेपनि लामखुट्टे नियन्त्रणका लागि ‘मालाथिन’ नामक औषधि छर्ने चलन छ । महानगरपालिकाका सरसफाइ शाखाका प्रमुख अधिकृत राज ताम्राकारले लामखुट्टे नियन्त्रणका लागि काम शुरु भइसकेको छ । ‘विगतका वर्षहरुमा भन्दा केहि ढिला त भएकै हो तरपनि औषधि छर्कने काम शुरु भइसकेको छ । शुक्रबार पहिलो दिन भएकोले थोरै ठाउँमा मात्रै औषधि छर्कन सक्यौं ।’ एकदुई दिनमै सबै वडामा समान वितरण गरेर नालामा स्प्रे र फगिङ गरिने उनको भनाइ छ । ‘वडा वडामा औषधी छर्कने समान वितरण गर्ने तयारी भइरहेको छ । त्यसपछि सबै वडामा एकैपटक काम शुरु हुन्छ ।’ उनले भने । वीरगञ्जमा अत्याधिक लामखुट्टे लाग्ने भएकोले गर्मी शुरु हुँदा र गर्मी सकिने समय गरी वर्षमा दुईपटक औषधि छर्ने गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Entity Nepali Congress
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments