Incident Reports

Service seekers vandalized ward office

2018-03-15

The service seekers of Bahudarmai Municipality of Parsa district has vandalized the ward office showing the dissatisfaction with the services being provided to them. The locals get agitated when they were not able to meet the ward chief and administrative officer even after visiting the office frequently. Meanwhile, the administration has lodged the complained against the three citizens named Surendra Yadav, Gaurishankar Mandal and Ramesh Yadav for vandalism. पर्साको बहुदरमाई नगरपालिकाको सेवा प्रवाहप्रति असन्तुष्टि जनाउँदै स्थानीयले कार्यालयमा तोडफोड गरेका छन् । अत्यावस्यक सेवा लिन पटकपटक जाँदा समेत नगर प्रमुख र प्रशासकीय अधिकृत नभेटिएको भन्दै उनीहरु तोडफोडमा उत्रिएका हुन् । तोडफोडबाट कार्यालयमा रहेको दराजको सिसा फुटेको छ भने नगर प्रमुखको नेम प्लेट र कार्यालय बाहिर राखिएका केही प्लाष्टिकका कुर्सी समेत भाँचिएका छन् । तोडफोडका क्रममा कार्यालयमा रहेका नगरपालिकाका नायब सुब्बा गोविन्द खड्काले केही युवाहरु आएर एक जनाले कसरी कार्यालय चल्छ भनेर आक्रोशित हुँदै तोडफोड गरेको बताए । ‘ म प्रशासन फाँटमा काम गरिरहेको थिएँ, ४/५ जनाको संख्यामा युवाहरु आए, नगर प्रमुख र कार्यालय प्रमुखको बारेमा सोधी खोजी गरे ।’ उनले भने ‘ दुवै जना बाहिर छन् भनेपछि टेबलमा रहेको जगले हानेर दराजको सिसा फोडिदिए ।’ त्यसलगत्तै कार्यालय बाहिर निस्केका उनीहरुले नगर प्रमुखको नेम प्लेट र एउटा प्लाष्टिकको कुर्सी समेत फोडिदिएको सुब्बा खड्काले बताए । प्रशासकीय अधिकृत भानुभक्त बरालले भने आफू कामको सिलसिलामा मन्त्रालयमा पुगेको समयमा घटना भएकाले विस्तृत जानकारी नरहेको बताए । घटनापछि नगर प्रमुख नितेन्द्र साह कार्यालयमा पुगेका छन् । व्यक्तिगत कामले बाहिर रहेको समयमा घटना भएको उनले बताए । ‘कर्मचारीलाई हप्की दप्की गर्ने र तोडफोड गर्ने काम भएको छ । कारण स्पष्ट खुलेको छैन ।’ उनले भने ‘तोडफोडमा संलग्नहरुको पहिचान भइसकेको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दिएका छौं ।’ नगरपालिकामा तोडफोडमा संलग्न रहको आरोपमा तीन जनाविरुद्ध उजुरी दिइएको छ । तोडफोडमा संलग्न रहेको आरोपमा बहुदरमाई नगरपालिका वडा नं ४ बहुअरीका सुरेन्द्र यादव, बहुदरमाई-५ भौराटारका गौरिशंकर मण्डल र पर्सागढी नगरपालिका चैनपुरका रमेश यादवविरुद्ध नगरपालिकाले प्रशासनमा उजुरी दिएको छ । जनप्रतिनिधिबाट वा कर्मचारीबाट त्रुटी भएको नभएको अवस्थामा उछृङखल गतिविधि गर्नु गलत भएको नगरप्रमुख साहले बताए । पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले स्थानीय केही युवाले कार्यालयमा तोडफोड गरेको जानकारी पाए लगत्तै सुरक्षाकर्मी पठाएको बताए । ‘ घटना भएको जानकारी पाएलगत्तै सुरक्षाकर्मी परिचालन गरियो । अहिले तीन जना विरुद्ध उजुरी आएको छ,’ उनले भने ‘ उनीहरुलाई तुरुन्त आवश्यक कारबाहीका लागि प्रहरीलाई निर्देशन दिएको छु ।’ तर, स्रोतका अनुसार तिलावे अर्गेना सिँचाइ बाँध निर्माणका लागि गठन गरिएको उपभोक्ता समितिको विषयमा असन्तुष्टि जनाउँदै आक्रोशित युवाहरुले तोडफोड गरेका हुन् । आयोजना बहुदरमाई नगरपालिका-४ बहुअरी र पर्सागढी नगरपालिकाको ६ र ७ वागेश्वरी तित्रौनामा पर्छ । नदीमा बाँध बाध्नका लागि सिंचाई कार्यालयले २५ करोड रुपैयाँ विनियोजन गरेको छ । दुवै नगरपालिकाका प्रमुखहरुले वडा अध्यक्षहरुलाई जानकारी नदिई एक नेताको घरमा बसेर तिलावे अर्गेना सिँचाइ बाँध उपभोक्ता समति गठन गरेको आरोप उनीहरुको छ । त्यसैको विषयमा सोधपुछ गर्दा विवाद भएको आरोपी पक्षको भनाइ छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons None
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media , Local Newspaper - Parsa , Local Newspaper - Dhanusha , Local Newspaper - Rautahat

0 Comments