Incident Reports

Flood survivors demands equal distribution of government aid

2018-03-26

Madhes, Saptari, Chhinnamasta

The flood survivors of Tilathi rural municipality has padlocked the ward office on Thursday demanding the equal distribution of the government aid. They also demanded to distribute the aid to flood survivors quickly and equally if not then invest them into development. The ward chairperson Shatish singh said that the government has sent 25 thousand for 226 houshold in Tilathi ward-3 but the population there are 635. The aid is for those whose houses were completely distroyed by the flood. तिलाठी-कोइलाडी गाउँपालिकामा सोमबार तालाबन्दी भयो । वडा नम्बर ३ सकरपुराका बासिन्दाहरुले गाउँपालिका अध्यक्ष सतिश सिंहलाई समेत उनीहरुले केहिबेर घेराउ गरे । अध्यक्षलाई घेराउ गर्दै उनीहरुले माग राखे, ‘बाढी पीडितका लागि आएको रकम सबैलाई बितरण गर्नुपर्छ ।’ गत साउनमा आएको बाढीमा परी पूर्ण रुपले घर क्षतिग्रस्त भएकाहरुका लागि राहत स्वरुप नगदै आएको छ । सरकारले राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण मार्फत् माघ महिनामै प्रति परिवार २५ हजारका दरले रकम पठाएको छ । जिल्ला प्रशासन कार्यालयमा हुँदै स्थानीय तहमा आएको रकम अझै वितरण भएको छैन । ‘सबैलाई बराबर रकम बाँड्नु पर्ने नभए विकासे काममा प्रयोग गर्नुपर्ने उनीहरुको माग छ’ गाउँपालिका अध्यक्ष सिंहले भने, ‘तर, राहत स्वरुप आएको रकम पूर्ण रुपमा घर क्षतिग्रस्त भएकाहरुका लागि आएको छ ।’ तिलाठी कोइलाडी गाउँप्ालिकाभर ६ सय ३५ परिवारका लागि र वडा नम्बर ३ का २२६ परिवारका लागि २५ हजारका दरले रकम आएको छ । ३ माघमा बसेको दैवी प्रकोप उद्वार समितिको बैठकले जिल्लामा पूर्णक्षति भएको ५१४४ परिवारका लागि आएको रकम बितरण गर्न स्थानीय निकायलाई जिम्मेबारी दिइएको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the delivery of government aid programs (e.g. earthquake rehab/recon)
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments