Incident Reports

SEE candidate killed in Surkhet

2018-03-26

Karnali, Surkhet, Panchpuri, Ward 5

Eighteen year old Gorikala Rokaya, a SEE candidate has been killed on Monday night at Chaur, Panchpuri municipality-3 of Surkhet. She was residing in Babiyachaur, Panchpuri municipality-5 at Min Bahadur Rawal’s home in rent. ‘There is wound at her left temporal’ said District Police Office, Surkhet. Two people are taken under custody for further investigation added DPO, Surkhet. एसईईसी परिक्षा दिन आएकी एक बालिकाको सुर्खेतमा हत्या भएको छ। पञ्चपुरी नगरपालिका–३ चौरकी १८ वर्षीया गोरीकला रोकायाको सोमबार राति हत्या भएको हो। पञ्चपुरी नगरपालिका–५ बाबियाचौर सुर्खेतमा मिन बहादुर रावलको घरमा कोठा बहालमा लिएर बस्दै आएकी रोकायाको बाँया कन्चटमा चोट लागेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले बताएको छ। घटनामा संलग्न भएको आशंकामा दुई जनालाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। Update -------- एसईई परीक्षार्थी छात्राको हत्या घटनाका आरोपित गिरफ्तार पञ्चपुरी नपा-३ की १८ वर्षीया गौरीकला रोकायको हत्यामा संलग्न रहेको आरोपमा इलाका प्रहरी कार्यालय बाबियाचौरमा कार्यरत ट्राफिक प्रहरी ३२ वर्षीय हरि कोइराला र पञ्चपुरी नपा-५ का स्थानीयबासी ३० वर्षीय लक्ष्मी बास्तोलालाई प्रहरीले चैत १३ गते गिरफ्तार गरेको छ । पञ्चपुरी नपा-३ बाबियाचौरस्थित डेरामा चैत १३ गते बिहान गौरीकला मृत अवस्थामा भेटिएकी थिइन् । गौरी सूर्यप्रकाश मावि पलैंटेकी एसर्इई परीक्षार्थी हुन् । उनको टाउकोको बाँया भागमा र गोडामा चोट लागेको छ । अबेरसम्म ढोका नखुलेपछि छिमेकीले प्रहरीलाई खबर गरेपछि उनी बसेको ढोका खोल्दा उनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले हत्या हुन सक्ने अनुमान गरेको थियो । ‘खाटमा पल्टिएको अवस्थामा मृत्यु भएको रहेछ । टाउकोमा चोटपटक पनि थियो ।’-जिल्ला प्रहरी कार्यालयका एसपी उमाप्रसाद चर्तुवेदीले भने-‘बाहिर कुटपिट गरेर घाइते वा मृत अवस्थामा डेरामा लिएर छाडिएको हुनुपर्छ ।’ एसपी चर्तुवेदीले घटनालाई प्रहरीले गम्भीरताका साथ अनुसन्धान गरिरहेको बताए । पोष्टमार्टमपछि अनुसन्धानमा सहज हुने उनले बताए । शवको पोष्टमार्टम चैत १४ गते गर्ने तयारी भएको प्रहरीले जनाएको छ । आरोपितले गौरीकलालाई चैत १२ गते राति ९ बजे कोठाबाट बाहिर लगेको र सोही दिन राति १/२ बजे कोठामा पुर्‍याई छाडेको जनाइएको छ । मृतकका परिवारले हत्या भएको भन्दै प्रभावकारी अनुसन्धान गरी कारबाही अघि बढाउन अनुरोध गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Banke

0 Comments