Incident Reports

Youth arrested on charge of rape case

2018-03-12

Police have arrested Subin Tamang,20, from Banepa municipality-14 on a charge of raping a 14-year-old girl. Accused Tamang raped the girl on March 12 in a wedding ceremony in the village under the influence of alcohol. The incident came to light after the victim girl could not take the pain and told her parents about the incident the very next day of the incident. the Accused Tamang was arrested on the basis of complained filed by the victim family. Police are further investigating the case. जबरजस्ती करणीको आरोपमा एक युवा पाेखराबाट पक्राउ परेका छन् । बनेपा नगरपालिका वडा नम्बर–१४, का २० वर्षीय वीरेन भन्ने सुबिन तामाङलाई प्रहरीले पक्राउ गरेको हो । १४ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा इलाका प्रहरी कार्यालय बनेपाले पोखराबाट वीरेनलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक शुनिलजंग शाहले जानकारी दिनुभयो । फागुन २८ गते स्थानीयको विवाहमा गएका वीरेनले मादक पदार्थ सेवन गरी विवाहमा सहभागी बालिकालाई त्यसै दिन बेलुका जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । फागुन २८ गते करणीमा परेकी बालिकाले असह्य भएपछि चैत्र ३ गते मात्र परिवारलाई जानकारी दिएकी थिइन् । चैत्र ३ गते परिवारले बालिकामाथि करणी भएको थाहा पाएपछि परिवारले चैत्र ४ गते इलाका प्रहरी कार्यालय बनेपामा उजुरी गरेका थिए । फागुन २८ गते करणी गरेर वीरेन फागुन २९ गते काठमाडौं भागेका थिए । काठमाडौंमा समातिने डरले फागुन ३० गते उनी पोखरा हान्निए । उनी ३० गते पोखरा गए पनि बालिकाका परिवारले ढिला थाहा पाए र चैत्र ४ गतेमात्र प्रहरीलाई उजुरी गरेका थिए । चैत्र ४ गते उजुरी परेको भए पनि प्रहरीले अनुसन्धान र खोजी गर्दै त्यसको १३ दिन पछि चैत्र १७ गते पोखराको सृजनाचोकबाट वीरेन पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय बनेपाले जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा वीरेनलाई पक्राउ गरिएको बनेपा प्रहरीले जनाएको छ । अभियुक्त वीरेनलाई अहिले इलाका प्रहरी कार्यालय काभ्रेमा राखेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments