Incident Reports

Woman burn alive for not giving birth to a child

2018-03-27

Madhes, Parsa, Dhobini, Ward 7

The incident of attempt to murder of Parsa district has come to light after 10 days of the incident. An 18-year-old Rabina Khatun of Chipermai rural municipality-7 in Parsa was attacked by her husband and in-laws on March 27. They tried to burn her alive when she refused to leave the house after her husband got second marriage. Her husband and in-laws burn her alive. Later when she was found alive they kept her hostage at her own home for 10 days. Somehow she got a chance to escape from there and lodged the complained at the area police office. She sustained burn in her back and leg. "My husband did second marriage after I could not give a birth to a child in these three years of our marriage, because of which they tried to burn me alive," said the victim. Police are further investigating the case. पर्साको ग्रामिण भेगमा एक मिहिलालाई आफ्नै श्रीमान् र सासु ससुराले जलाएर ज्यान मार्ने प्रयास गरेको घटना १० दिनपछि बाहिर आएको छ । पर्साको छिपहरमाई गाउँपालिका-७ तुलसिबर्वा निबासी सबीर मिया धोबीकी श्रीमती १८ वर्षीया रविना खातुनलाई गत चैत १३ गते उनकै श्रीमान् र सासु ससुराले शरीरमा आगो लगाई हत्या गर्ने प्रयास गरेको घटना बिहिबार मात्र बाहिर आएको हो । भारत माइती भएकी रविनासँग रहेको सुनको गरगहना खोसेर घरबाट निकाल्न खोज्दा उनले प्रतिवाद गरेपछि उनका श्रीमान् सावीर मिया धोवी, ससुरा फरजन र सासु सोभाले रविनाको शरीरमा आगो लगाएर हत्या गर्ने प्रयास गरेको पीडित रविनाले बताइन् । श्रीमान्, सासु र ससुराल आगो लगाई मार्ने प्रयास गरेको भनी रविनाले प्रहरीलाई जानकारी दिएको पर्साका प्रहरी नायव उपरीक्षक राजन लिम्बुले बताए । घटना चैत १३ गतेकै भएपनि पीडित रविना बिहीबार मात्रै जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेलको सम्र्पकमा आएपछि घटना बारे जानकारी भएको प्रहरी नायब उपरीक्षक लिम्बुले बताए । शरीर आगो लगाए पनि बच्नसफल भएकी रविना आगोले पोलेर अवस्थामा उनलाइ श्रीमान, सासु र ससुराले १० दिनसम्म घरमै थुनेर राखेका थिए । बिहीबार घरबाट भाग्न सफल भएकी रविना प्रहरीको सम्र्पकमा आएपछि उनलाई उचारका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना गरिएको प्रहरी नायब उपरीक्षक लिम्बुले जानकारी दिए । रविनाको कम्मर र दाहिने खुट्टामा आगोले जलेर घाउ भएको छ । रविनाले दिएको उजुरीका आधारमा उनका श्रीमान् , सासु र ससुरालाई जिल्ला प्रहरी कार्यालय पर्सामा शुक्रबार हाजिर गराउन मातहतका प्रहरी चौकीलाई निर्देशन दिइएको प्रहरी जनाएको छ । भारतको दिल्लीमा रोजगारी गर्दै आएका रविनाका श्रीमान् साविरले दिल्लीमै अर्कोे विहे गरेको र उनी बाट एक छोरासमेत जन्मिएको भनी पीडित रविनाले बताएको प्रहरी नायव उपरीक्षक लिम्बुले जानकारी दिए । विहे भएको तीन वर्षमा पनि रविनाले बच्चा जन्माउन नसकेको भन्दै उनका श्रीमान् साविरले अर्को विहे गरेको र आफूलाई आगो लगाएर मार्ने प्रयास गरेको बयान रविनाले दिएको प्रहरीले जानएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Fire
Primary Cause Domestic violence
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
National/Online Media , INSEC , Local Newspaper - Parsa

0 Comments