Incident Reports

Students deprived of examination

2018-04-03

Madhes, Parsa, Pakahamainpur

The students of Rastriya Primary School at Mainpur in Parsa were deprived of examination due to the padlocking in the school. The students of the schools were deprived of examination when other students of the schools have already finished their examinations. Examination was affected after the locals padlocked the schools against the anomalies in the school. Team of women led by Dokhani Devi had padlocked the school from the last 5 days. Principal Raj Kishore Chaurasiya of the school said that examination could not be held due to the padlocked. According to him examination of art subject could not be held due to the padlocking. K.C Lamichhane पकाहा मैनपुर गाउँपालिकाको मैनपुरमा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा तालाबन्दी लगाएका कारण विद्यार्थीको परीक्षा रोकिएको छ । जिल्लामा अन्य विद्यालयको परीक्षा सकिँदा मैनपुरका विद्यार्थीहरूको परीक्षा नै हुन सकेको छैन । विद्यालयमा अनियमित तरिकाले विद्यालय व्यवस्थापन समिति गठन गरिएको भन्दै स्थानीयले तालाबन्दी गरेपछि परीक्षामा विद्यार्थी सहभागी हुन नपाएका हुन् । विद्यालयमा चैत २० गते दुखनी देवीको नेतृत्वमा आएको महिलाहरूको टोलीले तालाबन्दी गरेको हो । तालाबन्दीका कारण परीक्षा हुन नसकेको विद्यालयका प्रधानाध्याक राजकिशोर चौरसियाले बताए । उनका अनुसार सृजनात्मक चित्रकला बिषयको परीक्षा हुन सकेको छैन । तालाबन्दी भएका कारण परीक्षा नभएको हो । नयाँ शैक्षिक सत्र सुरू हुनलाग्दा परीक्षा नसकिने र रिजल्टपनि नहुने भएपछि विद्यार्थीहरू चिन्तामा परेका छन् । विद्यालयका प्रअ चौरसियाले कतै व्यवस्थापन समिति नहुँदा गठन गरिएकोमा पनि सुख नपाइएको गुनासो गरे । उनले भेला राख्यो भने हुलहुज्जत गर्ने भएकाले वार्ड अध्यक्ष मदन साह कानु र भद्रभलाद्मीको सल्लाहमा प्रदीपप्रसाद कुर्मीलाई अध्यक्ष बनाएको बताए । स्थानीयले भने दुई महिना अगाडि धारा साइकल वितरण गर्ने भन्दै सङ्कलन गरिएको हस्ताक्षरलाई आधार बनाएर ब्यवस्थापन समिति बनाइएको आरोप लगाएका छन् । स्थानीयले भने आफूहरूलाई व्यवस्थापन समिति गठन गर्ने बेलामा जानकारी नदिएकाले त्यसैको विरोधमा तालाबन्दी गर्नु परेको दुखनी देवीले बताइन् । प्राधानाध्यापक गाउँपालिकाका अध्यक्षको भान्जा भएकोले गाउँपालिका अध्यक्षको आडमा यस्तो भएको स्थानीयको आरोप छ । गाउँपालिकाले भने भोलि २५ गते छलफलका लागि बोलाएको प्रअ चौरसियाले बताए । ‘गाउँपालिकाले बोलाएको छ । मैले गाउँपालिकामै हाजिर गर्छु । मलाई प्रधानाध्यापक पद पनि चाहिँदैन । सरूवा समेत मागेको छु ।’-प्रअ चौरसियाले भने-‘पार्टी पोलिटिक्सका कारण काम गर्न गाह्रो भयो ।’
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
INSEC

0 Comments