Incident Reports

Arrested on charge of abandoning infants

2018-04-05

Province 1, Ilam, Fakphokthum, Ward 7

[Updated] Police have arrested Meena Dewan,23 of Phakphokthum Rural Municipality-7 and 29 years old Krishna Yonghang on charge of abandoning newly born infant. Locals had recovered abandoned infant girl on the night of April 5 and informed police. The infant baby girl was taken to the hospital for primary treatment however she died while receiving treatment at District Hospital on April 6. शिशु जन्माएर फ्याँकेको आरोपमा प्रहरीले फाकफोकथुम गाउँपालिका-७ की २३ वर्षीय मिना देवान र सोही ठाउँका २९ वर्षीय कृष्ण योङहाङलाई चैत २५ गते गिरफ्तार गरेको छ । चैत २२ गते बेलुका ९ बजेतिर बच्चा रोएको आवाज आएपछि खोजी गर्दा स्थानीयले बारीमा नवजात शिशु (छोरी) फेला पारेका थिए । भर्खरै जन्मिएको अवस्थामा भेटिएको शिशुलाई स्थानीयले स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारका लागि लगेका थिए । चैत २३ गते थप उपचारका क्रममा जिल्ला अस्पतालमा नवजात शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रमेश बस्नेतले जानकारी दिए । Update... बच्चा जन्माएर जिउँदै फ्याँकेको आरोपमा पूर्पक्षका लागि थुनामा रहेकी फाकफोकथुम गाउँपालिका– ७ की २३ वर्षीय मिना देवानविरूद्ध जिल्ला अदालतले असोज १४ गते जन्म कैदको सजाय सुनाएको छ । न्यायाधीश इन्द्रकुमार चोङ्गटेन्लीको इजलासले मिनाविरूद्ध मुलुकी ऐनको ज्यानसम्बन्धी महलको १३(३) बमोजिम जन्म कैद सुनाएको अदालतका श्रेस्तेदार निरज पोख्रेलले जानकारी दिए । ०७४ चैत २२ गते बेलुका ९ बजेतिर नवजात शिशु जन्माएर बारीमा फ्याँकेको र शिशु रोएको आवाज सुनेपछि गाउँलेले प्रहरीमा खबर गरेका थिए । चैत २३ गते मिनालाई प्रहरीले गिरफ्तार गरेको थियो । मिनाका पति वैदेशिक रोजगारीमा रहेको र अवैध सम्बन्धबाट बच्चा जन्मिएपछि मिनाले बच्चा मारेको जनाइएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Infanticide
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
INSEC

0 Comments