Incident Reports

Ward office padlocked for taking single decision

2018-04-11

The local authorities of Sunarya rural municipality of Baitadi district have padlocked the ward office against the planning for Sunarya rural municipality-1. They have accused the ward chairman Kalash Bahadur Chand had made a single decision. It is learned that 65 to 60 lakhs Rupees has been released for the road construction while the chairman Chand has spent the money in different sectors going against the mass meeting. But the chairman Chand has refused the blame and argue that the development work is being implemented in accordance to the decision made by the mass. बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर – १ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ । सुनर्या गाउँपालिका वडा नम्बर – १ ले तयार गरेका योजनाप्रति असन्तुष्टि जनाउँदै राजनीतिक दलका अगुवाले तालाबन्दी गरेका हुन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र तथा राप्रपाका प्रतिनिधिले हस्ताक्षर गरी निकालेको विज्ञप्तिमा वडा अध्यक्ष कलसबहादुर चन्दले एकलौटी निर्णय गरेको आरोप लगाएका छन् । वडामा आएको ६५ लाख मध्ये ६० लाख रुपैयाँ सडक निर्माणमा छुट्याएको र वडा भेलाको माग विपरित वडा अध्यक्षले बजेट खर्च गरेकाले तालाबन्दी गर्नुपरेको राप्रपाका जिल्ला सदस्य दशरथ चन्दले बताउनुभयो । यता वडा अध्यक्ष चन्दले भने वडा भेलाबाटै भएका निर्णयहरु कार्यान्वयन भैरहेको बताउनुभएको छ । उहाँले वडा र गाउँसभाबाटै पारित भएका योजनालाई कार्यान्वयन गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘केही व्यक्तिले अनावस्यक रुपमा आरोप लागाएर भइरहेको विकासको कामलाई अवरुद्ध गरिरहेका छन् ।’ उहाँले केही व्यक्तिले आफूलाई ज्यानमार्ने धम्कीसमेत दिइरहेको बताउनुभयो । यस्तै वडामा तालाबन्दी गर्नेहरुलाई कारवाहीको प्रक्रियामा ल्याइने अध्यक्ष चन्दले बताउनुभयो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments