Incident Reports

Fuel tanker drivers in Birgunj resort to strike after ‘police attack’ on colleague

2018-04-16

Madhes, Parsa, Birgunj, Ward 14

Drivers of tankers ferrying petroleum products to Nepal from India via Raxaul-Birgunj border point say they will stop work unless some police personnel who reportedly attacked a driver will be punished. The drivers are refusing to transport fuel from Raxaul and Barauni depots from Monday morning. They have accused the chief of local Inarwa Police Post Binod Mallik and personnel under him of misbehaving with and beating up a driver, Santosh Prasain. They say the police organisation should take a departmental action against them and the government shoulder the responsibility of Prasain’s treatment. Prasain says he was shouted at and beaten up by police without a reason yesterday. Spokesperson of the Parsa District Police Office, DSP Rajan Limbu, however, says it was a minor dispute ensured after the driver blocked the road during the peak hour. एक जना ट्याङ्कर चालकलाई प्रहरीले कुटपीट गरेको विरोधमा ट्याङ्कर चालकहरुले पेट्रोलियम पदार्थ ढुवानी ठप्प पारेका छन् । ट्याङ्कर चालक संघको आहृवानमा चालकहरुले सोमबार बिहानदेखि भारतको रक्सौल र बरौनीबाट पेट्रोलियम पदार्थ ल्याएका छैनन् । वीरगञ्जको इनर्वा प्रहरी चौकीका प्रमुख विनोद मल्लिक र प्रहरीहरुले अनाहकमा ट्यांकर चालकलाई दुव्र्यवहार र कुटपिट गर्ने गरेको आरोप ट्याङ्कर चालकहरुको छ । ट्याङ्कर चालकलाई दुर्व्यवहार गर्ने प्रहरीलाई विभागीय कारवाही र कुटपिटबाट घाइते भएका ट्यांकर चालक सन्तोष प्रसाईको उपचार गर्न ट्यांकर चालकहरुले माग गरेका छन् । आइतबार अपरान्ह चारबजे रक्सौल डिप्पोबाट वीरगञ्जतर्फ आउने क्रममा गाडी पार्किङ गर्न खोज्दा प्रहरीहरुले अपशब्द प्रयोग गर्दै कुटपिट गरेको ना.३.ख ९६३९ नम्बर गाडीका चालक सन्तोष प्रसाईले बताए । ‘नेपाल तर्फ आइसकेपछि आयल निगमको पार्किङमा गाडी पार्क गर्न लागेको थिएँ, (सिपाही हो कि हवल्दार मैले चिन्ह सकिन) उहाँ आएर तल र्झन भन्नुभयो, तल झरेपछि हातमा भएको लठ्ठी भाँचिने गरी हान्नुभयो । त्यसपछि गाली गर्न लाग्नुभयो । मैले गाली चाहि नगर्नु भन्दा झनै दुर्व्यवहार उत्रनुभयो’ उनले भने चौकीका असई आएर पनि आफूलाई दुब्र्यवहार गरेको चालक प्रसाईले बताए । ‘पछि असई साब आएर पनि दुव्र्यबहार नै गर्नुभयो । पछि अरु पनि प्रहरी बोलाएर कार्यालयमा लगेर कुटपीट गरियो’ उनले भने । पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन लिम्बुले भने ट्याङ्कर चालकले पीक आवरमा व्यस्त सडकमा गाडी घुमाएर सडक अवरुद्ध पारेपछि सामान्य विवाद भएको बताए । ‘रक्सौलबाट आउने क्रममा ट्याङ्कर चालकले व्यस्त सडकमै गाडी घुमाएर पार्किङ गर्न खोजेका रहेछन्, ट्राफिक व्यवस्थापन मिलाउने क्रममा प्रहरीले त्यसो नगर्न आग्रह गर्दा ठूलो स्वरमा विवाद गरेछन् । त्यसपछि दुवैतर्फबाट सामान्य दुर्व्यवहार भएको छ’ उनले भने ‘प्रहरीले कागजपत्र माग्नुका साथै नियन्त्रणमा सामान्य सोधपुछ गरेको हो ।’ नेपाल तेल ट्यांकर चालक संघका अध्यक्ष विनोद मानन्धरले कुटपिटबाट घाइते चालकको उपचार तथा कुटपिट गर्ने प्रहरीलाई कारवाही नभएसम्म अमलेखगञ्जका साथै आइओसीको रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ उठाउन नदिने बताए । नेपाल आयल निगम अमलेखगञ्जका डिप्पो प्रमुख प्रदीपकुमार यादवले बेला बेलामा देखिने यस्ता समस्याको दिगो समाधान हुनुपर्ने बताए । ‘बेला बेलामा यस्ता घटना हुनु दुःखद हो । ट्याङ्कर चालकलाई प्रहरीबाटै दुर्व्यवहार भएको बारेमा मैले माथिल्लो निकायमा जानकारी गराइसकेको छु’ उनले भने ‘न्याय दिने निकायले नै अन्याय गर्नु गलत छ । हिजो पनि जामले गर्दा पेट्रोलियम पदार्थ लोड हुन सकेन, आज हड्ताल नै छ । समस्या समाधान हुन नसके पेट्रोलियम पदार्थको अभाव हुन सक्छ ।’ भारतको बरौनी र रक्सौलबाट वीरगञ्ज, अमलेखगञ्ज, पोखरा, काठमाडौंको सिनामंगल रुटमा तेल ढुवानी गर्ने ३०० वटा ट्याङ्कर ओहोरदोहोर गर्नेछन् । समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालयले छलफल आयोजना गरेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Secondary Form Other forms of non-violent protest
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth unknown
National/Online Media , Local Newspaper - Parsa , Local Newspaper - Dhanusha , Local Newspaper - Mahottari

0 Comments