Incident Reports

Pregnant wife killed by husband

2018-04-22

Madhes, Dhanusha, Rajbiraj, Ward 11

A complaint against 22 years old husband Deependra Das of Sabaila Municipality-1 Khariyani has been lodged at District Police Office of Dhanusha on April 23 on charge of killing 18 years old wife Anjali Das. The victim’s party have accused him of killing Anjali on April April 20 after finding out that she is pregnant with a baby girl during pregnancy test. SP Chakra Bahadur Singh of DPO said that an FIR has been lodged against the accused by the victim’s uncle Jibach Das. The deceased Anjali was six months pregnant and her husband did a pregnancy (Gender) test and find out that she is pregnant with a baby girl. The accused in an inebriated state intimidated the victim to death according to victim’s brother. She was living with her family since one month. As per the plan, the accused had taken the victim with him from her parental home on April 19 with the intention to kill her. On a same day, she was killed according to the victim’s brother Pradeep. The victim was said to have committed suicide however she sustained several bruises over her body leading the incident very suspicious. The victim’s family said that she was killed by her husband. According to SP Chakra Bahadur Singh, the incident is being investigated . The accused is at large immediately after the incident according to police. गर्भ परीक्षण गराउँदा छोरी भएको थाहा पाएपछि धनुषामा एक महिलाको हत्या भएको छ। जिल्लाको गणेशमान चारनाथ नगरपालिका-१० डुमरीयाका शिवनाथ दास र ज्ञानीदेवी दासकी १८ वर्षीया छोरी अञ्जली दासको श्रीमानबाट हत्या भएको भन्दै परिवारजनले मुद्दा दर्ताको प्रक्रिया सुरु गरेका छन्। मृतक अञ्जली ६ महिनाकी गर्भवती थिइन्। अञ्जलीको विवाह ११ महिनाअघि जिल्लाको सबैला नगरपालिका- १ खरियानीका चर्तुभुज दासको २२ वर्षीय छोरा दिपेन्द्र दाससँग भएको थियो। सामाजिक रितीरिवाजअनुसार तीन छोरीमध्ये जेठी अञ्जलीको बिहेमा शिवनाथले कर्जा लिएर करिब चार लाख खर्चेका थिए। विदेशबाट कमाएर आएका ज्वाइलाई बिहेमा दाइजोस्वरुप मोटरसाइकल, गरगहना र केही रकम पनि दिइयो तर, बिहे भएको एक वर्ष नबित्दै अन्जलीको हत्या भएको कुरा अभिभावकको लागि पत्याउनै नसक्ने घटना भएको छ। जिल्ला अदालत धनुषाको प्रांगणमा आइतबार अधिवक्तासँग जाहेरी लेखाउन आएका शिवनाथ र मृतककी आमा ज्ञानी बोल्नै नसक्ने अवस्थामा थिए। ज्ञानीले रुदैं भनिन्, 'पेटमा बच्चा आएदेखि छोरीको दशा लागेको थियो।' अन्जली गर्भवती भएपछि उनका श्रीमानले गर्भपरीक्षण गराएका थिए। गर्भपरीक्षण गर्दा छोरी भएको थाहा पाएपछि उनलाई रक्सी खाएर कुटपीट गर्ने र गाली गलौज गर्दै आएका थिए। एकमहिना अघि मात्रै अञ्जलीलाई रक्सीको झोकमा श्रीमानले अत्याधिक कुटपिट गरेका थिए। दिदीको आँखा सुन्निएको थियो, मुखमा डाँम थियो उनी एक महिनादेखि माइतीमै बस्दै आएको भाइ प्रविण दासले बताए। वैशाख ६ गते दिपेन्द्र ससुराली आएर श्रीमतीलाई घर लाने भन्दै जिद्दी गरे। 'छोरीको घर जाने मन थिएन्, जबरजस्ती लग्यो, आमा ज्ञानीले भनिन्। ७ गते बिहानै अञ्जली श्रीमानसँग मोटरसाइकलमा बसेर घर गइन् । सोही साँझ उनको हत्या भयो। आफूलाई प्रहरीले फोन गरेर तपाईको छोरीले पासो लगाएर आत्महत्या गरिन् भन्दै जानकारी गरायो, मृतकका फूपू रामअधिन दासले बताए। हामीलाई ज्वाइले वा अञ्जलीका ससुराले उनको मृत्युको विषयमा कुनै जानकारी गराएन्। अञ्जलीले पासो लगाएको भनिए पनि उनको शरीरभरी निलडाम देखिएको छ। उनको आत्महत्या होइन् हत्या हो, बुवा शिवनाथले भने। एता, जनकपुर अञ्चल अस्पतालमा मृतकको शव परीक्षणका लागि ल्याइए पनि परीक्षणपश्चात् आमाबुवालाई जिम्मा नलाई घर पक्षलाई जिम्मा लगाइयो र दुई, तीन घण्टाभित्रै उनको अन्तिम संस्कार गरियो, घटनालाई ढाकछोप गर्न सक्दो प्रयास गरिएको छ,'महिला अधिकारकर्मी मुन्नी दासले बताइन्। आफ्नो छोरीले आत्महत्या नगरेर उसको हत्या गरिएको हो भन्दै मृतकका अभिभावकले प्रहरीसमक्ष कर्तव्य ज्यान मुद्दा दर्ता गराउने तयारी गरेका छन्। मृतकका श्रीमान् हाल फरार छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media , INSEC , Local Newspaper - Mahottari , Local Newspaper - Dhanusha , Local Newspaper - Rautahat , Local Newspaper - Bara

0 Comments