Incident Reports

अन्तरजातीय विवाह गरेको आरोपमा गाउँ र घरबाट विस्थापित

2018-04-23

Sudurpashchim, Baitadi, Dasharathchanda, Ward 6

दशरथचन्द नगरपालिका- ६ बगछनाका २४ वर्षीय सुरेश नाथ र अछामको मङ्गलसेन नगरपालिका-७ लाछिमनाकी २२ वर्षीया राधिका औझीले अन्तरजातीय विवाह गरेको थाहा पाएपछि परिवारले परिवारबाट र गाउँलेले गाँउबाट विस्थापित गराएका छन् । उनीहरू अहिले सदरमुकाममा बस्दै आएका छन् । ०७३ वैशाख २० गते विवाह गरेका उनीहरूले यस भन्दा अगाडि अन्तरजातीय विवाहको बारेमा परिवारलाई बताएका थिएनन् । राधिकाको नागरिकता बनाउन माइती पक्षको नागरिकता आवश्यक पर्ने भएपछि राधिका दलित भएको परिवारले ‘थाहा’ पाएका थिए । परिवारले दलित भनेर थाहा पाएपछि आफूहरू गाँउबाट विस्थापित भएर सदरमुकाममा बस्दै आएको पीडित सुरेस नाथले बताए । ‘पहिला त बताएका थिएनौँ । तर, उनको (पत्नीतिर देखाउँदै) नागरिकता बनाउँदा बुवाको नागरिकता पनि चाहिने भएकाले परिवारले थाहा पाए ।’-नाथले भने । विगत १५ दिनदेखि होलमा बस्दा आफूहरूलाई निकै समस्या परेको पीडितको गुनासो छ । अन्तरजातीय विवाह गरेपछि नेपाल सरकारले दिने गरेको प्रोत्साहन रकम समेत आफूहरूले नपाएको उनीहरूको गुनासो छ । परिवारले दलितको छोरी छोड भन्ने दबाव दिइरहेको नाथको गुनासो छ । नाथ दम्पतिकी ५ महिने एक छोरी छिन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Banishment/shunning
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments