Incident Reports

कार्यालयमा नै स्वास्थ्य चौकी इन्चार्जमाथि जातीय भेदभाव

2018-04-22

Gandaki, Lamjung, Rainas, Ward 6

राइनास नगरपालिका -६ स्थित स्वास्थ्य चौकीका इन्चार्ज (हेल्थ असिसटेन्ट) २९ वर्षीय राजेश दुलाल र अनमी २२ वर्षीय वर्षा सुनारमाथि जातीय भेदभाव भएको बेसीशहरमा ०७५ साल वैशाख ९ गते आयोजित पत्रकार सम्मेलनमा जनाइयो छ । कार्यालयले ०७४ साल चैत ३० गते आयोजना गरेको सार्वजनिक कार्यक्रमपछि खाजा खाने क्रममा दलितले खाजा छोएको भनि स्वास्थ्य चौकीमा कार्यरत अनमी ४५ वर्षीया सरस्वती चिलुवाल लगायत ६ जनाले सामुहिक रुपमा खाजा बहिष्कार गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो । जातीय भेदभावको उजुरी दर्ता गर्न राइनास नगरपालिका कार्यालयमा जाँदा प्रमुख प्रशासकीय अधिकृत ४४ वर्षीय देवबहादुर अधिकारीले निवेदन दर्ता गर्न नमानेको र दुलाललाई धम्क्याएर दोषीको पक्ष लिइ दोषीहरूलाई नै संरक्षण गर्न खोजेको विज्ञप्तिमा उल्लेख छ । समस्या समाधनको लागि वैशाख ५ गते स्वास्थ्य चौकी इन्चार्ज राजेश दुलालले स्वास्थ्य स्वयम्सेविकाहरूलाई बैठक राखेर सम्झाउँदा कामी सार्कीले छोएको खाना नखाने भनी सरस्वती चिलुवालले सार्वजनिक कार्यक्रममा भनेको भिडियो रेकर्ड पत्रकार सम्मेलनमा देखाइएको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Public humiliation
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth youth
INSEC

0 Comments