Incident Reports

Local blocked the road demanding the construction

2018-05-02

A local people of Gorkha district has blocked the road in Barhakilo demanding the construction of the road. Agitated locals took the step after the concerned authority did not pay attention to the work as they have not finished half percent of the work. सडक मर्मत नगरेको भन्दै गोरखाको बाह्रकिलो सिर्दी पुल वरपरका वासिन्दाले सडक अवरुद्ध पारेका छन् । मर्मतका लागि बारम्बार आग्रह गरे पनि वेवास्ता गरेको भन्दै उनीहरुले बुधवार सडक अवरुद्ध गरेका हुन् । ‘सडकमा खाल्डो परेको छ, ठुला गाडी जसोतसो गुडे पनि साना गाडीलाई निकै समस्या छ,’ स्थानीय प्रेमबहादुर तामाङले भने, ‘बाटो मर्मत गरिदिनुपर्‍यो भनेर बारम्बार भने पनि वास्ता गरेनन्, बन्द गर्न बाध्य भयौं ।’ बाटो मर्मत नगरेसम्म सडक नखुलाउने उनले बताए । स्थानीयले सिर्दी खोल पुलमा काठ तेस्र्याएर सडक अवरुद्ध पारेपछि गोरखाको बाह्र किलो हुदै भालुँस्वारा, बारपाक लगायतका ठाउँमा जाने सवारी साधन रोकिएका छन् । ‘पहिले लगातार दुई पटक ट्रक खसेपछि बाटो मर्मत गर्न भनेर अलिअलि पैसा नगरपालिकाले हालेको थियो, अलिअलि काम गरेको जस्तो गर्‍यो अहिले फेरि पहिलेको जस्तै हालत छ,’ स्थानीय अमृत लामिछानेले भने । यो सडकमा सरकारले सडक मर्मत कर उठाउने गरे पनि काम नगरेको उनको आरोप छ । सडक बिगि्रएर सवारी आवागमनमा समस्या भएपछि स्थानीयहरुकै पहलमा केही मर्मत समेत गरिएको थियो । तर नालीको उचित व्यवस्थापन नहुँदा समस्या भएको स्थानीयहरुले गुनासो गरेका छन् । ‘पहिले सडक मर्मत गरेर नाली बनाइदिन्छु भनेर तिन लाख रकम पारेर काम पनि शुरु गर्‍यो तर नाली पनि बनाएन काम पनि राम्रो गरेन,’ स्थानीय प्रेमबहादुर तामाङले भने, ‘अहिले बर्खा लागेपछि त गाडी चल्न साह्रै समस्या भयो ।’ उक्त सडक ग्राभेल गरेर नालीको व्यवस्था गरिदिन स्थानीयले माग गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Road block
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments