Incident Reports

Janakpur Today: Ward office padlocked since 9 days

2018-04-09

Madhes, Siraha, Bishnupur, Ward 3

Naraha Rural municipality WARD-1 has been padlocked since 9 days. The cadres and leaders of the Federal socialist party, RJPN, and Congress has padlocked the Rural municipality office since 9 days demanding the transparency of the procedure of formulating consumers committee, budget, planning, and an estimate of development works. 122 cadres of 3 parties had signed in the petition letter. नरहा गाउँपालिका वडा नम्बर–१ मा गएको नौ दिनदेखि तालाबन्दी छ । नेपाली काँग्रेस, संघीय समाजवादी फोरम नेपाल र राजपा निकटका नेता तथा कार्यकर्ताहरुले योजना, स्टिमेट, बजेट र उपभोक्ता समिति गठन प्रक्रियाबारे सार्वजनिक गर्न माग राख्दै तालाबन्दी गरेका हुन् । तालाबन्दी पत्रमा तीनवटै पार्टीका १ सय २२ जनाले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । वडाको विकास भन्दा कार्यकर्ता पोस्न वडाध्यक्षले बजेट सकाउन लागिपरेको नेपाली काँग्रेसका बिमल मण्डलको आरोप छ । देखावटी सूचना जारी गरेर वडाध्यक्षले वडाका अधिकांश योजनामा आफ्ना नजिकका मान्छेहरुलाई उपभोक्ता समितिमा राखेको उनले गुनासो गरे । वडाका विकास सम्बन्धि कागज माग्दा आजभोली गर्दै समय टार्दै आएपछि बाध्य भएर तालाबन्दी गरिएको उनले बताए । वडा भेलाबाट पारित भएको योजनालाई कटौती गरेर वडाअध्यक्षले आफ्ना अनुकूल थप योजना समावेश गरेर बजेट सकाउन लागेको स्थानीय मकेश्वर यादवले बताए । वडा भइरहेको कागजा माग्दा गाउँपालिका कार्यालयले पनि ध्यान नदिएको उनको आरोप छ । ४५ वटा खुद्रे योजना पारित गराएको उनले थपे । वडा कार्यालयमा तालाबन्दी भएको नौ दिन भइसक्यो । दैनिक प्रशासनिक काम रोकिदा सेवाग्राही मारमा छन् तर वडाध्यक्षलाई खासै चासो छैन् । निकासका लागि आफु स्थानीय प्रशासनमा उजुरी गरेपनि कुनै सुनुवाई नभएको वडाध्यक्ष अशोक साहले आरोप लगाए । विपक्षी पार्टीकाहरुलाई काम नदिँदा विरोध गर्न खोजेको वडाध्यक्ष साहले बताए । ताला खुलाउन आफु प्रयास जारी राखेको उनले भने । बनेका विकास निर्माणका योजनाहरु विधि र प्रक्रिया अनुसार कार्यान्वयनको चरणमा रहेको उनले थपे । उनका अनुसार तालाबन्दीले खासै असर पारेको छैन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people 122
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Entity Nepali Congress
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments