Incident Reports

Transport entrepreneurs in police custody

2018-05-04

Nepal

The government has started arresting transport entrepreneurs from various places in the country following the direction from the Ministry of Home Affairs. Police arrested Vice Chairma Jeewan Banjade and Genereal Secretary Padam Gaha Magar of the Federation of Nepalese National Transport Entrepreneurs Association. Home Minister Ram Bahadur Thapa has directed concerned authorities to arrest the office bearers of the transport committees for disrupting vehicular movements. Issuing a circulation to district administration offices, Home Minister Thapa directed to take stringent action against them for halting vehicular services as per the Essential Services Operation Act, 2014 BS. सिण्डिकेट माग गर्दै यातायात बन्द गरेका यातायात व्यवसायीलाई सरकारले पक्राउ गर्न थालेको छ । गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि बुटवलमा पश्चिम नेपाल बस ब्यवसायी संघका उपाध्यक्ष र महासचिव पक्राउ परेका छन् । यातायात क्षेत्रमा हड्ताल गरेर कानून उल्लंघन गरेको अभियोगमा संघका उपाध्यक्ष जीवन बन्जाडे र महासचिव पदम गाहा मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बन्जाडेलाई ट्राफिकचोकबाट र गाहालाई दीपनगरबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । प्रहरीले संघका अन्य पदाधिकारीलाई पनि खोजी गरिरहेको सूचना थाहा पाएको वरिष्ठ उपाध्यक्ष नारायण घिमिरेले बताए । प्रहरीले बुटवल यातायात व्यवसायी समितिका उपाध्यक्ष अशोककुमार श्रेष्ठलाई पनि पक्राउ गरेको छ । सिण्डिकेटको पक्षमा हड्ताल गर्दै आन्दोलनमा उत्रिएका बस समितिका पदािधकारीलाई पक्राउ गर्न गृहमन्त्रीले आदेश दिए अनुसार श्रेष्ठ पक्राउ परेका हुन् । रुद्रपुर घर भई आफन्तको उपचार गर्न आम्दा अस्पताल बुटवल आएका बेला उनलाई प्रहरीले अस्पताल परिसरबाट पक्राउ गरेको समितिले जनाएको छ । बस व्यवसायीले सेवा ठप्प पारेर हड्तालमा उत्रेपछि सर्वसाधारण यात्रुहरु मर्कामा परेका छन् । यातायात व्यवसायलाई कम्पनीमा दर्ता गरेर संचालन गर्नुपर्नेलगायतको व्यवस्थासहितको यातायात कार्यविधि निर्देशिका संशोधन गरेपछि व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् । २४ सय बस रहेको पश्चिम नेपाल बस व्यवसायी संघले वैशाख २१ गते बिहान ४ बजेदेखि २२ गते विहान ४ बजेसम्म बस नचलाउन आफ्ना सदस्यहरुलाई निर्देशन दिँदै चलाएमा सदस्यता खारेज गर्ने चेतावनी दिएको छ । प्रहरीले काभ्रे मिनीबस सेवा समितिका उपाध्यक्ष शान्तराम ताम्राकारलाई पनि पक्राउ गरेको छ । त्यस्तै हेटौंडामा टेम्पो तथा मझौला यातायात व्यवसायी संघका अध्यक्ष ज्ञानेन्द्र कार्की, सदस्यहरु कृष्ण श्रेष्ठ र कृष्ण न्यौपाने पक्राउ परेका छन् । त्यस्तै नारायणी यातायातका अध्यक्षसहितकाे खाेजी गर्न प्रहरी निरीक्षक मधुकुमार थापाकाे कमान्डमा प्रहरी टाेली परिचालन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । update................................. सिन्डिकेटधारी ७१ जना यातायात व्यवसायी देशभरबाट शुक्रबार पक्राउ परेका छन् ।गृह मन्त्रालयका अनुसार काठमाडौंबाट यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलासहित देशभरबाट ७१ व्यवसायी पक्राउ परेका हुन् । सरकारले यातायात क्षेत्रका सबैखाले सिन्डिकेट अन्त्य गरेको विरोधमा सिन्डिकेट पक्षधर व्यवसायीहरुले शुक्रबार आफ्ना गाडीहरु ग्यारेजमै थन्क्याएका थिए । गृह मन्त्रालयका अनुसार जिल्लास्थित यातायात व्यवसायी संघका पदाधिकारीसहित सिन्डिकेटको पक्षमा उभिएका यातायात कम्पनीका प्रमुख र पदाधिकारी पनि समातिएका छन् । सबैभन्दा बढी रुपन्देहीबाट १० जना पक्राउ परेका छन् । सुनसरीबाट ९ जना, उदयपुरबाट ३ जना, खोटाङबाट ५ जना, झापाबाट ८ जना, सप्तरीबाट ३ जना, बाराबाट ७ जना, रौतहटबाट ५ जना, मकवानपुरबाट ३ जना, चितवनबाट २ जना, काभ्रेबाट ३ जना, सिन्धुपाल्चोकबाट २ जना सिन्धुलीबाट १ जना पक्राउ परेका छन् । यसैगरी लमजुङबाट ५ जना, कालिकोटबाट २ जना र दाङ, कपिलवस्तु र कैलालीबाट १–१ जना पक्राउ परेका छन् । ....................... रुपन्देही, रौतहट, कास्की, कञ्चनपुरसहित १० जिल्लाबाट ३९ यातायात व्यवसायी पक्राउ परेका छन् । सरकारको नियमविपरीत सिन्डिकेटको समर्थनमा गाडी चल्न नदिने यातायात व्यवसायी समितिका अध्यक्ष, अन्य पदाधिकारीलगायतलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । यातायात व्यवसायलाई कम्पनीमा दर्ता गरेर सञ्चालन गर्नुपर्ने व्यवस्थासहितको यातायात कार्यविधि निर्देशिका संशोधन गरेपछि व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन्। बन्दका कारण लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेको छैन। एम्बुलेन्स, निजी सवारी साधन, दूधका गाडी, मोटरसाइकल, ट्याक्सी तथा टेम्पोहरु चलेका छन्। पूर्व-पश्चिम राजमार्गमा बिहानदेखि छिटफुट रुपमा ट्रक चलेका छन्। यातायात बन्दले जनजीवन प्रभावित भएको छ। रुपन्देही ८ जना पक्राउ पश्चिम नेपाल बस व्यवसायी संघ बुटवलका उपाध्यक्ष जीवनकुमार बन्जाडे, महासचिव पदमराज गाह, सहसचिव चेतनारायण बेल्वासे र बुटवल यातायात समितिका उपाध्यक्ष अशोककुमार श्रेष्ठ, भैरहवाबाट सिद्धार्थ यातायात समितिमा आवद्ध व्यवसायी रवि खाती, चन्दन आले, प्रकाश श्रेष्ठ तथा बुटवल यातायात समितिका व्यवसायी जितेश गुरुङलाई पक्राउ गरिएको छ। बुटवलबाट पक्राउ परेकालाई इप्रका बुटवल र भैरहवाबाट पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय भैरहवामा राखिएको जिल्ला प्रहरी प्रमुख श्यामलाल ज्ञवालीले बताए। रौतहटबाट ६जना जिल्ला प्रहरी प्रमुख एसपी यज्ञविनोद पोख्रेलले रौतहट बस व्यवसायी संघका अध्यक्ष लालबाबु गिरी, ट्रक व्यवसायी संघका अध्यक्ष धु्रव अर्याल र टेम्पो तथा मझ्यौला संघका अध्यक्ष ताराबहादुर बजगार्इंलगायत ६ जनालाई पक्राउ गरिएको बताए। ठूला सवारी साधन बन्द हुदा सानामा पनि चर्काे भाडा तिर्नुपरेको यात्रुहरु बताउँछन्। बाँकेमा६ पक्राउ सनराईज यातायात व्यवसायी संघका उपाध्यक्ष प्रविण बिसी, महासचिव रमेश शाह, कर्मचारी नवराज शर्मा, होमबहादुर खड्का र भेरी अञ्चल यातायात व्यवसायी संघका सचिव रमेशबहादुर खत्री, दीपक बस्नेतलगायतलाई प्रहरीले पक्राउ गरेको जनाएको छ। सरकारले गरेको सिन्डिकेट खारेजीको विरोधमा नेपालगन्जस्थित भेरी अञ्चल यातायात व्यवसायी संघ, बागेश्वरी यातायात व्यवसायी संघ, नमस्ते यातायात व्यवसायी संघ र भेरी अञ्चल टेम्पो तथा जीप व्यवसायी संघमा आबद्ध व्यवसायीहरुले सवारी साधन घरमै राखेर यातायात सेवा ठप्प पारेका हुन्। तर, नेपालगन्जस्थित पब्लिक मेट्रो प्रालि, अन्नपूर्ण, नागरिक, सहुलियत प्रालि र भेरी यातायात प्रालिले भने गाडी सञ्चालन गरे। कास्कीमा५ जना पृथ्वी राजमार्ग बस व्यवसायी समितिमा आवद्ध रुद्रबहादुर नेपाली र प्रेम गुरुङ, पोखरा बस व्यवसायीमा आवद्ध रमेश सुचिकार र सुनील थापा, बागलुङ भगवती जिप समितिका निर्मल तामाङलाईलाई पोखराको विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। पोखरामा क्रियाशील विभिन्न यातायात व्यवसायी समितिका पदाधिकारी भने फरार छन्। प्रमुख जिल्ला अधिकारी तारानाध अधिकारीले उनीहरुलाई पक्राउ गर्न प्रहरी परिचालन गरेको बताए। कञ्चनपुरबाट ४ जना प्रहरीले कञ्चनपुरको महाकाली यातायातका अध्यक्षसहित ४ जना व्यवसायीलाई पक्राउ गरेको छ। यातायात व्यवसायी राष्ट्रिय महासंघका सहकोषाध्यक्ष समेत रहेका अध्यक्ष डम्मरराज पन्त, महामाली टेम्पो तथा टेक्सी व्यवसायी समितिका अध्यक्ष जनकबहादुर चन्द र व्यवसायीहरु दानसिंह धामी तथा सुरेन्द्र अवस्थीलाई महेन्द्रनगर बजार क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी ज्ञानबहादुर सेठीले जानकारी दिए। उदयपुरमा हिमाली यातायातका उपाध्यक्षसहित३ पक्राउ उदयपुरको गाईघाट बजारबाट हिमाली यातायात बस व्यावसायी संघका उपाध्यक्ष उमेश बस्नेत, कोषाध्यक्ष विष्णु श्रेष्ठ र सदस्य सुरेशकुमार कार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचाना अधिकृत प्रहरी निरीक्षक मनप्रसाद श्रेष्ठले बताए। उनीहरुलाई दिउँसो २ बजे गाईघाट बजारबाट नियन्त्रणमा लिइएको हो। पाल्पा२ जना प्रहरीले पश्चिम नेपाल बस व्यवसायी संघका पाल्पा इन्चार्ज बिकास भट्टराई र श्रीनगर यातायात व्यवसायी समिति कोषध्यक्ष किरण चित्रकारलाई नियन्त्रणमा लिएको छ। दिउासो प्रहरीले पश्चिम नेपालका भट्टराई र श्रीनगरका कोषाध्यक्ष चित्रकारलाई प्रहरीले तानसेनबाट नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी वष्णिुप्रसाद ढकालले बताए। दाङबाट२ पक्राउ यातायातका साधन अवरोध गर्न खोज्ने समितिका पदाधिकारीलाई प्रहरीले पक्राउ गरेको छ। अम्बिकेश्वरी यातायात समितिका उपाध्यक्ष डिल्लीबहादुर भण्डारी र राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिका सदस्य रामचरण वलीलाई पक्राउ गरेको जिल्ला प्रहरीले जनाएको छ। भण्डारीलाई तुलसीपुर र वलीलाई नारायणपुरबाट नियन्त्रणमा लिइएको हो। यातायात समितिहरुले गाडी बन्द गरे पनि प्रालिहरुले भने शुक्रबार दिनभर निर्वाधरुपमा सञ्चालन गरेका छन्। मालिकाकालिका, नमस्ते राप्ती, चन्द्र सूर्य, साहरा, पाण्डवेश्वर, स्मार्ट नेपाल देउखुरीलगायतका यातायात प्रालिले नियमित गाडी चलाएका छन्। बर्दिया २ जना कृष्णसार यातायात समितिका दुई पदाधिकारीलाई शुक्रबाार प्रहरीले पक्राउ गरेको छ। समितिका महासचिव भूमिदत्त शर्मा र सचिव कोयल खड्का क्षेत्रीलाई स्थानीय प्रशासनले पक्राउ गरेको हो। अत्यावश्यक ऐन अन्तर्गत यातायात बन्द गरेकोले उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले जनाए। धनगढी १ जना कर्णाली रिभर यातायात समितिका अध्यक्ष धिरजबहादुर शाहालाई प्रहरीले नियन्त्रणमा लिएको छ। कर्णाली रिभरको धनगढी कार्यालयबाट प्रहरीले अपरान्ह् ३ बजे प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख विनोद शर्माले बताए। रुपन्देहीबाट अमृता अनमोल, रौतहटबाट शिव पुरी, कास्कीबाट दीपक परियार, कञ्चनपुरबाट भवानी भट्ट, , पाल्पाबाट माधव अर्याल,बाँकेबाट ठाकुरसिंह थारु, उदयपुरबाट डिल्लीराम खतिवडा, दाङबाट दुर्गालाल केसी,बर्दियाबाट कमल पन्थी र धनगढीबाट मोहन बुढाऐर
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Primary Cause Access/control of economic markets (syndicates, market relocation)
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Transport entrepreneurs/syndicate
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Severely damaged Buildings 00
National/Online Media

0 Comments