Incident Reports

Janakpur Today: Police charge baton to entrepreneurs

2018-04-19

Madhes, Dhanusha, Janakpur

Police charge baton to the officials of Janakpur industry and commerce association when officials of Janakpur industry and commerce association tried to release the illegal goods from Janakpur custom office. The tension erupted when employees of Central Area Revenue Office, Pathalaiya, had taken control of goods that passed from custom office by checking. Lalit Kumar Shah chairperson of Janakpur industry and commerce association had been minor injuries in the clash. entrepreneurs मिलोमतोमा भन्सारबाट पास भएपछि राजस्वले नियन्त्रणमा लिएको तस्करमिा संलग्न रहँदै आएका रहमानको मालसमान छुटाउन गएका जनकपुर उद्योग वाणिज्य संघका पदाधिकारी र प्रहरीबीच झडप भएको छ । मध्य क्षेत्र राजस्व कार्यालय पथलैयाका कर्मचारीहरुले भन्सारबाट चेकजाँच भै निस्केका मालसमानहरु बुधवार नियन्त्रणमा लिएका थिए । गाडी सहित बरामद भएको मालसमानको चेकजाँच भन्सार कार्यालयमै हुनुपर्ने अडान जउवा संघका पदाधिकारीहरु भन्सार कार्यालयमा पुगेका थिए ।दुवै पक्षबीच मालसमानहरु बर्दिबासमा चेकजाँच गरी अवैध ठहरिए कार्वाही र वैध भए तत्काल फिर्ता गर्ने लिखित सहमति भएको जउवा संघका वरिष्ठ उपाध्यक्ष जितेन्द्र साहले भने, तर सहमति विपरित मालसमानहरु पथलैया लगेपछि भन्सार कार्यालयमा तालाबन्दी गरिएको छ ।’भन्सार कार्यालयमा तालाबन्दी गर्ने क्रममा प्रहरीले गरेको लाठीचार्जबाट समान्य चोट लागेको जउवा संघका अध्यक्ष ललित कुमार साहले जनाए । जउवा संघका केहि पदाधिकारीहरु भन्सार कार्यालयमै पुगेका थिए । राजस्व अनुसन्धानले बरामद गरेको ज १ ख ८७९ नम्बरको गाडी सहितको मालसमानहरु कुख्यात तस्कर रहमानको रहेको छ । लामो समयदेखि कैरियरको कामगर्दै आएका रहमानले पछिल्लो समयमा केहि मालसमानहरुको न्यून्तम मूल्य निर्धारणमा एउटा प्रज्ञापन कटाएर कयौं पटक मालसमान ढुवानी गरेको खुलासा भएको छ ।जनकपुर भन्सारका केही कर्मचारी विभागमा झिकाइएका र केही कर्मचारीहरुको छानविन भईरहेको उल्लेखगर्दै राजश्व अनुसन्धान कार्यालय पथलैयाका अनुसन्धान अधिकृत तेजमणि काफ्लेले जनाए ।उनले पछिल्लो घटनामा समेत भन्सारका कर्मचारीहरुको संलग्नता देखिए उनीहरुपनि कार्वाहीमा पर्ने बताए ।जनकपुर भन्सारबाट संस्थागत रुपमा तस्करी हुँदै आएको छ ।प्रहरी र भन्सार कार्यालयको संलग्नतामा दर्जन बढी तस्करहरुले धन्धा चलाउदै आएका छन् ।भन्सार छल्न केहि व्यवसायीहरु संगठित तस्करहरुको समुह मार्फत ‘कैरियर’ गराउँदै आएका छन् । तस्करहरुले कैरियर गरी ल्याउने मालसमानहरुमा मूल्यको १० प्रतिशत लिने गरेका छन् । १० प्रतिशतमा ढुवानी, प्रहरी, सशस्त्र प्रहरी र भन्सार लगायतका निकायहरुमा तस्करहरुले रकम बुझाउने गर्छन् । मालसमान जफ्त भए तस्करहरुले क्षतिपूर्ती तिर्नुपर्ने सहमति छ । तस्करीमा भन्सारको सेटिंग मिलाउनेमा सोहन जलान अगाडी छन् । उनले तस्करीको मालसमान देशको विभिन्न भागहरुमा पु¥याउने गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Access/control of economic markets (syndicates, market relocation)
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 6
Actor 2 - Affiliation Chamber of Commerce and entrepreneur's associations
Actor 2 - Youth unknown
Total Injured 1
Local Newspaper - Dhanusha

0 Comments