Incident Reports

Complaint lodged against caste discrimination

2018-04-28

Madhes, Mahottari, Bardibas, Ward 4

Buddha Maya B.K of Bardibas Municipality-4, Maisthan and her 16 years old daughter Manisha B.K were beaten by 33 years old Kamala Giri and her 17 years old daughter Deepika Giri on charge of touching tap water. The victim had lodged verbal complaint against them at judicial committee of Bardibas Municipality on May 3. According to the victim Manisha they were insulted and beaten by the accused while she was collecting tap water in a public place on April 28. The incident was revealed only after dalit rights activists visited the house of the victims. Ward member Deep Bahadur Karki said that the action against the accused will be taken after the investigation. Bishnu Rasaili, member of joint Dalit network of the district said that separate time table for Dalit and non-Dalit has been determined in this “Tole” to collect water and added that the problem is created when this time-table is not followed properly. वर्दिवास नपा-४ माईस्थान भब्सी हवल्दार टोलकी ३२ वर्षीया बुद्धमाया विश्वकर्मा र उनकी १६ वर्षीया छोरी मनिषा विश्वकर्मालाई धारामा पानी छोएको निहुँमा सोही ठाउँका ३३ वर्षीया कमला गिरी र उनकी १७ वर्षीया छोरी दिपिका गिरीले कुटपिट गरेको भन्दै पीडित पक्षले वैशाख २० गते बर्दिवास नगरपालिकाको न्यायिक समितिमा उजुरी दिएकी छन् । पीडित मनिषाका अनुसार वैशाख १५ गते साँझ सार्वजनिक धारामा पानी भर्न जाँदा दीपिकाले पानी भरिरहेकी थिइन् र सोही समय आफू पनि धारामा पानी लिन गाग्री बोकेर पुग्दा दिपिकाले ‘देवतलाई चढाउन र खान भरेको चोखोपानी’ किन छोएको भन्दै गाली गर्दै कुटपिट गरेकी हुन् । मनिषाकी आमा घटना भएको भोलिपल्ट वैशाख १६ गते आफ्नो छोरीलाई पानी छोएको निहुँमा कुटाई खानुपरेको भन्दै गाउँका भद्रभलादमी, अगुवाहरूबाट न्यायको लागि गुहार माग्न गएकी थिइन् । त्यति नै बेला कमला गिरीले बुद्धमायालाई पनि जगल्टा समातेर कुटपिट गरेको पीडितले आरोप लगाइन् । घटना वैशाख १५ र १६ गतेको भएपनि वैशाख २० गते न्यायिक समितिमा दिएको मौखिक उजुरीका आधारमा घटना बुझ्न बर्दिवास नगरपालिकाका सदस्य सूर्य विश्वकर्मा, न्यायिक समितिका सदस्य चन्द्रबहादुर विश्वकर्मा, सोही नपा-४ का वडा अध्यक्ष दिपबहादुर कार्की र दलित अधिकारकर्मीले पीडितको घरमा गएपछि मात्र घटना सार्वजनिक भएको हो । वडा अध्यक्ष कार्कीले घटनाबारे बुझेर, छानबिन पश्चात कारबाही प्रकृया अघि बढाउने बताए । उनले नगरपालिकाको न्यायिक समितिमा छानबिन पश्चात दोषीलाई आवश्यक कारबाही गरिने बताए । पानीको अभाव रहेको उक्त टोलमा सार्वजनिक धारामा गैरदलितले पानी भर्ने र दलितले पानी भर्ने समय छुट्टाछुट्टै निर्धारण गरिएको संयुक्त दलित सञ्जाल वर्दिवासका सदस्य विष्णु रसाइलीले बताए । update/////////////////////////////////////// The Mahottari District Court has sentenced two persons up to six months in prison for perpetrating untouchability crime. The two convicts, Kamala Giri and Rambabu Dahal of Bardibas-4, had assaulted a Dalit woman and her daughter for handling a water pot at a communal tap on April 28. District Judge Dandapani Sharma on Sunday ordered Kamala and Rambabu to spend six and two months in jail respectively for their crime. He also ordered them to pay Rs 50,000 as compensation to the victims and a fine of Rs 10,000. (PR) रसाइलीले भने- ‘माईस्थानमा गैरदलितले पानी भर्दा दलितले भर्न पाउँदैनन् र दलितले पानी भर्दा गैरदलितहरूले पालो मिचेर गाईबस्तुलाई खुवाउने भनेर पानी भरेर समस्या खडा गर्छन् ।’ update////////////////////////////////// पानी छोएको निहुँमा कुटिएकी बर्दिवासकी बुद्धमाया बिश्वकर्माले अदालतबाट न्याय पाइन् । जिल्ला अदालतले कुटपिटमा संलग्नेलार्इ कैद सजाय सुनाएको छ भने पीडित बुद्धमाया र उनकी छोरीलार्इ ५० हजार क्षतिपूर्ति दिन आदेश दिएको छ । तर, अदालतले फैसला सुनाएको केही दिन ३५ वर्षे बुद्धमायाले आत्महत्या प्रयास गरेकी छन् । मुद्धामामिला गरेको भन्दै समाजले लगातार दबाव दिन चालेपछि उनले आत्महत्या प्रयास गरेकी हुन् । वैशाख १६ गते वर्दिवास नगरपालिका-४ स्थित सार्वजनिक धारामा पानी थाप्न जाँदा बुद्धमाया र उनकी १६ वर्षीया छोरी मनिषा बिश्वकर्मामाथि कुटपिट भएको थियो । कुटपिटमा संलग्नलार्इ ६ महिना जेल र १० हजार जरिवानाको फैसला भएको छ । तर, त्यसको दुई दिनपछि आत्महत्या प्रयास गरेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । इलाका प्रहरी कार्यालय बर्दिवासले भने बुद्धमायाले घरायसी कारण बिष सेवन गरेको जनाएको छ । तर, छोरी मनिषाले भने घटनामा अदालतबाट न्याय पाइसक्दासमेत समाजमा अपहेलित हुनुपरेको आमाले बिष सेवन गरी आत्महत्याको प्रयास गरेको बताएकी छन् । उनका अनुसार प्रहरीमा जाहेरी दिएदेखि किन मुद्धा मामिला गरेको भन्दै मिल्न दबाव दिइएको थियो । अदालतले फैसला गर्दासम्म गाउँमा मान्छेहरु बोल्नै छाडेको भन्दै मनिषाले अदालतबाट न्याय पाए पनि गाउँ समाजबाट न्याय नपाएको मनिषाले बताइन् । गम्भीर भएकी बुद्धमायाको बर्दिवासस्थित शुभस्वस्तिक हस्पिटलमा उपचारमा भइरहेको छ । उनको अवस्था अहिले सुधारोन्मुख रहेको हस्पिटलले जनाएको छ । जातीय छुवाछुतको घटनामा समाजिक न्याय नपाउँदा महिलाले बिष सेवन गरी आत्महत्याको असफल प्रयास भएको दलित अधिकारकर्मी मिन रहपालले बताए । अदालतले फैसला गरे पनि घटनाको प्रकृति हेर्दा बुद्धमायाले सामाजिक न्याय नपाएको कारण र समाजिक दबाव थेग्न नसकेर बिष सेवन गरेको देखिएको उनले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC , National/Online Media

0 Comments