Incident Reports

Five policemen injured as locals demand release of Indian kidnapper

2018-05-07

Madhes, Parsa, Parsa, Ward 6

Five police personnel were injured after a clash erupted between relatives of four Indian nationals and the area police office of Seduwa at Jira Bhawani rural municipality of Parsa. Four Indian nationals from Sisiwa, Bajrangi Gaura, Ram Prawesh Gaura, Bisnu Bhar Gaura and Din Dalyal Mahato were arrested by Nepal Police for their attempts to abduct Nepali police personnel. Relatives had torched a motorcycle, Ba 2 Ba 5705 and damaged another, Na14 Pa 4577 and a vehicle. To control the situation, police fired 23 rounds of shots on air, according to Rajan Limbu, DSP at District Police Office, Parsa said. Additional police have been deployed in the area, according to District Police Office, Parsa. Those injured include sub inspector Rajesh Chaudhary, assistant sub inspector Gopal Khadka and Sukeshwor Mahato, constable Alok Baitha and Jay Prakash Yadav. The Indian nationals were returning to India after consuming alcohol in Nepal. However, they were stopped by the police for checking where they scolded the police and abducted constable Bir Bahadur Gurung from Buluwa post that borders India. The Indian Border Security Force had arrested the nationals and handed them over to Nepal Police. Following the arrest, relatives had circled the area police office. पर्साको जीराभवानी गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालय सेंढवाको हिरासतमा रहेका अपहरणका आरोपी भारतीय नागरिक छुटाउन आएका स्थानीय र प्रहरीबीच झडप हुँदा ५ प्रहरी घाइते भएका छन् । आइतवार राति एउटै मोटरसाइकलमा ४ जना सवार भई आएका भारतीय नागरिकलाई बलुवा चौकीका प्रहरीले चेक जाँच गर्दा उनीहरु मादकपदार्थ सेवन गएिको भेंटिए । त्यसपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई सोही मोटरसाइकलमा एक जना प्रहरी बसेर सेढवातिर लैजान खोज्दा उनीहरुले ती प्रहरीलाई नियन्त्रणमा लिई भारततिर लैजान खोजेका थिए । सीमामा रहेको भारतीय सशस्त्र सुरक्षा बलले पुनः समातेर नेपाल प्रहरीलाई उनीहरुलाई सुम्पेको थियो । प्रहरीलाई नै अपहरण गर्न खोजेको आरोपमा चार जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेपछि उनीहरुलाई छुटाउन खोज्दा प्रहरी र स्थानीयबासीबीच सोमबार बिहान ३ बजे झडप भएको हो । पक्राउ परेकाहरुको आफन्त र चिनजानका मान्छेहरुले इलाका प्रहरीमा आक्रमण गरेर आरोपी छुटाउन खोज्दा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले २३ राउण्ड हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी नायव उपरीक्षक राजन लिम्बुले जानकारी दिए झडपमा जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी नायब निरीक्षक राजेश चौधरी, प्रहरी सहायक निरीक्षक गोपाल खड्का, इलाका प्रहरी कार्यालय पोखरीयाका, प्रहरी सहायक निरीक्षक सुकेश्वर महतो, पाडेपुर प्रहरी चौकीका प्रहरी हवल्दार आलोक बैठा, प्रहरी चौकी सुवर्णपुर प्रहरी जवान जयप्रकाश यादव घाइते भएका हुन् । भारतको बेतिया जिल्ला भंगहा थानाअन्तर्गत पर्ने सिसवा निवासी बजरंगी गौरो, रामप्रबेश गौरो, बिष्णु भर गौरो, दिनदयाल महतो गरी चार जना भारतीय नागरिकलाई प्रहरीले समातेको बिषयमा झडप भएको स्थानीय ओमप्रकाश चौधरीले बताए । आइतबार दिउँसो मदिरा सेवन गरेर आएका उनीहरुले सीमावर्ती प्रहरी चौकी वलुवामा खटिएका प्रहरीलाई गालीगलौज गर्दै अपहरण गरेका थिए । उनीहरुले प्रहरी हवलदार बिरबहादुर गुरुङलाई अपहरण गरी भारततर्फ लैजादै गर्दा भारतीय सीमा सुरक्षा बल एसएसबीको टोलीले पक्राउ गरी नेपाल प्रहरीलाई जिम्मा लगाएको थियो । पक्राउ परेका भारतीय नागरिकलाई छुटाउन उनीहरुका आफन्तले प्रहरी कार्यालय घेराउ गरेपछि जिल्ला प्रहरी कार्यालयबाट थप सुरक्षाकर्मी परिचालन गरिएको थियो । उनीहरुले जिल्ला प्रहरी कार्यालयको गाडीसमेत तोडफोड गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Vandalism
Weapons Small arms
Primary Cause Law and Order Violence
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 20
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 5
Totally damaged Vehicles 2
Severely damaged Vehicles 1
National/Online Media , Local Newspaper - Parsa , Local Newspaper - Chitwan , Local Newspaper - Rautahat

0 Comments