Incident Reports

4 including bridegroom injured as bride's relatives resort to manhandling

2018-05-13

Madhes, Parsa, Birgunj

4 persons including the bridegroom and his relatives were injured when the bride's relatives resorted to manhandling them during a scuffle at wedding reception in Pipara of Birgunj municipality on Sunday. The dispute started after the bridegroom, Roshan Kumar Mishra of Jitpur refused to wear dhoti as required in the tradition of the bride's community. However, dissatisfaction of the bridegroom's side over dowry is also being reported as the cause behind the dispute. The injured are undergoing treatment at National Health Care hospital. Meanwhile, after the mediation of police, the two parties have agreed not to escalate the tension and settle things peacefully. पर्सामा दुलही लिन आएको जन्ती रित्ताे हात घर फर्केको छ । विवाहमा दुलाहाले धोती लगाउन नमानेको विषयमा विवाद भएपछि वरियात दुलहीबिनै घर फर्केको हो । वीरगञ्ज महानगरपालिका पिपरा निवासी रामबाबु मिश्राको घरमा आएको जन्ती विवादपछि दुलही नै नलिई आइतबार फर्किएको हो । जीतपुर निवासी रोशनकुमार मिश्रको विवाह वीरगञ्जका रामबाबु मिश्राकी छोरीसँग तय भएकोमा शनिबार राति जन्ती आएको थियो । जन्तीले खानपिन शुरु गरिसकेपछि विवाहको कार्यक्रम शुरु गरिएकोमा मण्डपमा बस्ने समयमा दुलाहाले धोती लगाउन मानेनन् । लगत्तै परम्परा नमानेकाे भन्बेदै हुली पक्षले विवाद शुरु गरेका थिए । विवादका क्रममा बिहान तीन बजे जन्ती र बेहुली पक्षबीच कुटाकुट नै हुन पुगेको थियो । मधेसी समुदायमा बेहुला धोती लगाएर मण्डपमा बस्नुपर्ने प्रचलन छ । तर, बेहुलाले त्यसलाई नमानेपछि बेहुलीका मामाले बेहुलामाथि दुव्र्यवहार गरेका थिए । विवादको क्रममा दुलाहा र दुलाहाका भिनाजुलगायत जन्तीहरुमाथि कुटपीट भएको थियो । कुटपीटबाट घाइते दुलाहाका भिनाजु सन्तोष मिश्रालगायत चार जना घाइते समेत भएका थिए । उनीहरु नेशनल हेल्गथ केयर अस्पतालमा उपचारपछि घर फर्किएका छन् । झगडाको भित्री कारण दाइजो स्रोतका अनुसार झगडाको बाहिरी कारण जे सुकै देखिए पनि भित्री कारण भने दाइजो भएको बताइएको छ । केटा र केटी विवाहका लागि राजी भइसकेको भए पनि केटा पक्षले दाइजोको विषयमा असहमति राख्दै आएका थिए । यसअघि दुलाहाको कपडा किन्ने विषयमा समेत विवाद भएको बुझिएको छ । कुरा छिन्ने समयमा केटी पक्षले केटा पक्षलाई २ लाख ५० हजार नगद र १ लाख ८० हजारको मोटरसाइकल दिने सहमति भएको थियो । तर केटी पक्षले २ लाख जति नगद र १ लाख ५० हजार जति मात्रै मोटरसाइकलका लागि दिएपछि केटी पक्ष असन्तुष्ट थिए । विवाहको दिनमा दुलाहाका दाइले जन्तीका लागि खाने कुरा मिठो नभएको भन्दै असन्तुष्टी जनाएका थिए । वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक मैनालीले दुवै पक्षलाई सम्झाइ–बुझाइ थप विवाद नगर्ने गरी पठाएको जानकारी दिए । ‘ लगभग विवाह सक्कीसके पछि विवाद भएको रहेछ । केटा र केटी दुवै विवाह गर्न राजी देखिए ।’ उनले भने ‘ दुवै पक्षलाई बसाएर अब आईन्दा झै झगडा नगर्ने वाचा गरेपछि छोडि दिएको छु ।’
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Related to disputes over dowry
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth unknown
National/Online Media , Local Newspaper - Parsa

0 Comments