Incident Reports

Bigamous arrested

2018-05-12

Lumbini, Rupandehi, Siyari, Ward 7

Police have arrested 25 years old Jaya Kumar Mallaha of Siyari Rural Municipality-7, Pakadi on charge of polygamy. A complaint against the accused was lodged by 22 years old victim Punam Kumari Mallaha at DPO on May 12 on charge of eloping with 17 years old girl. Both accused were arrested by the police based on a complaint lodged by the victim according to DSP Dilli Narayan Pandey. बहुविवाह गरेको आरोपमा प्रहरीले सियारी गाउँपालिका-७ पकडीका २५ वर्षीय जयकुमार मल्लाहलाई वैशाख २९ गते आरोपितको घरबाटै गिरफ्तार गरेको छ । आरोपित मल्लाहले पत्नी हुँदाहुँदै भारतको नौतुनहवा मिश्रबलिया ग्रामकी १७ वर्षीया बालिकालाई वैशाख २३ गते भगाएर फरार रहेको र वैशाख २८ गते साँझ गाउँमा आएको भनी आरोपितकी पत्नी २२ वर्षीय पुनमकुमारी मल्लाहले वैशाख २९ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बहुविवाहसम्बन्धी उजुरी दिएकी थिइन् । पीडित महिलाको उजुरीका आधारमा प्रहरीले आरोपितद्वयलाई वैशाख २९ गते आरोपितको घरबाटै गिरफ्तार गरी बहुविवाहसम्बन्धी कारवाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी डिल्लीनारायण पाण्डेले बताए ।

0 Comments