Incident Reports

Couple arrested on the charge of polygamy

2018-05-14

Karnali, Dailekh, Bhagawatimai, Ward 1

Police on May 14 arrested 24-year-old Sher Bahadur Chand of Bhagwati rural municipality-1 Maluka and 19-year-old Dipa Malla of Narayan municipality-7 Kimugau on the charge of engaging in polygamy. Police arrested them on the basis of a complaint lodeged by Sher Bahadur's first wife Kabita Shahi. बहुविवाह गरेको आरोपमा प्रहरीले भगवतीमाई गाउँपालिका-१ मलुका गाउँका २४ वर्षीय शेरबहादुर चन्द र नारायण नगरपालिका-७ किमुगाउँकी १९ वर्षीया दीपा मल्ललाई वैशाख ३१ गते गिरफ्तार गरेको छ । घरमा आफू हुँदाहुदै बहुविवाह गरेको भन्दै जेठी पत्नी कविता शाहीले दिएको उजुरीका आधारमा आरोपितहरूलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सरोज पौडेलले जानकारी दिए । उजुरीमा कविताले पति शेरबहादुरले आफू र चार वर्षीया छोरीलाई खानलाउन नदिएको, कुटपिट र दुर्व्यवहार गरेकोसमेत उल्लेख गरेकी छन् । आरोपितद्वयले वैशाख २१ गते बहुविवाह गरे यता आफूलाई घरमा बस्न नदिएको कारण भगवतीमाई गाउँपालिका-२ रुम गाउँस्थित माइतीको संरक्षणमा बस्दै आएको पीडित महिलाले बताएकी छिन् ।

0 Comments