Incident Reports

Victim of torture, child marriage and polygamy in pathetic condition

2018-05-05

Province 1, Sunsari, Inaruwa, Ward 3

Mamata Marik, 13 of Inaruwa Municipality-4 is living a post-natal pathetic life after she got married when she was only 12 years old. On 5th May she gave a birth to a baby girl at the age of 13. Unfortunately, she do not know how to nurture her daughter and apart from that she is facing extra violence from her family in a daily basis. She got married with Prakash Marik of Golbazar, Siraha, one year ago and at present she is having shelter at one door crisis management center based on violence situated at Inaruwa Hospital. She was tortured by her husband and family for giving birth to a baby girl. She was even expelled from the house and receiving treatment at Inaruwa Hospital. Her recently born baby is suffering from malnutrition and she is further suffering because of being untimely mother. She is also a victim of polygamy as she did not know that her husband was already married. The victim and her daughter are being attempted to give shelter at Nutrition Re: Establishment Home in Chapagaun Lalitpur in coordination with one door crisis management center and District Administration Office however it was not successful according to resource person Meena Bhandari of the center. According to Bhandary, the victim only trust her mother and she could not be taken via airplane. She added that the victim will be admitted to BPKHIS from May 15. The doctors involved in her treatment said that she is completely ignorant on nurturing her recently born child. The child is suffering from malnutrition as she does not know about breast feeding. The victim is suffering from heart disease and having lack of blood in her body. Health professionals said that it is hard to treat her baby. १२ वर्षको कलिलो उमेरमा विवाह गरेकी इनरुवा नगरपालिका-४ की १३ वर्षीया ममता मरिकका सुत्केरी पछिका दिन निकै पीडादायी बन्दै आएका छन् । वैशाख २२ गते छोरीकी आमा बनेकी ममता आफूलाई त राम्रोसँग स्याहारसुसार गर्न जान्दिनन् भने त्यसमाथि परिवारको टोकसो र किचलोले घरबाट निकालिपछि उनी थप पीडा र हिंसाको चपेटामा छिन् । एक वर्षअघि सिरहा गोलबजारका प्रकाश मरिकसँग विवाह गरेकी उनी अहिले इनरुवा अस्पतालमा आधारित हिंसासम्बन्धी एकद्वार सङ्कट ब्यवस्थापन केन्द्रमा उपचार गराइरहेकी छन् । छोरी जन्माएको आरोपमा पति र उनका परिवारले घरबाट निकालेपछि नवजात शिशु लिएर उनी वैशाख २६ गतेदेखि इनरुवा अस्पतालको उपचार कक्षमा छन् । पोषण अभावले कुपोषित छोरीलाई काखमा लिएकी ममता बालविवाह र अपरिपक्क अवस्थामै आमा भएकाले पनि थप पीडामा परेकी हुन् । प्रकाशको घर पुगेपछि मात्र पतिको कान्छी पत्नी बनेको थाहा पाएकी ममता बुवा र आमा बाहेक कोहीसँग उपचार गर्न र गराउन जान चाहन्नन् । सुत्केरी अवस्थामै कुटपिटबाट प्रताडित बनेकी ममता र उनकी कुपोषित छोरीलाई एकद्वार सङ्कट व्यवस्थापन केन्द्र र जिल्ला प्रशासन कार्यालय सुनसरीको सहयोगमा वैशाख ३१ गते पोषण पुनः स्थापना गृह चापागाँउ ललितपुर लैजान खोजिएपनि लैजान नसकिएको व्यवस्थापन केन्द्रकी स्रोत व्यक्ति मीना भण्डारीले बताइन् । भण्डारीका अनुसार ममता आमाबावु भन्दा अरुलाई विश्वास गर्दिनन् भने त्यसमाथि जहाजले लैजान नमानेपछि उनलाई पुनः इनरुवा अस्पतालमै फर्काइएको छ । भण्डारीले ममतालाई थप उपचारका लागि जेठ १ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने तयारी गरेको बताइन् । बच्चा कसरी समात्ने र स्याहार सुसार कसरी गर्ने भन्नेमा पूर्णतः अनभिज्ञ ममता बच्चालाई दूध समेत चुसाउन जान्दिनन् । उपचारमा संलग्न डक्टर तुषार झाले आमाको उमेर परिपक्क नभएकाले बच्चालाई खुवाउने दुध समेत पर्याप्त नभएको बताए । पौष्टिक आहार र उचित हेरचाहको अभावमा बच्चा कुपोषित भएको डक्टर झाको भनाई छ । छोरी जन्माएको भन्दै पति र परिवारका सदस्यले ज्यान मार्ने धम्की दिएको बताउने पीडित बालिकालाई खान लाउन नदिई घर परिवारले तिरस्कार गरेको बताउँछिन् । ममताले आफूलाई पतिसहित परिवारका सदस्य मिलेर घरबाट लखटेको बताइ्न् । घरपरिवारबाट अपहेलित र हिंसाबाट पीडित बनेकी ममता माइतीको शरणमा पुगेपनि आर्थिक अवस्था कमजोर रहेको भन्दै उनको माइती पक्षले केही गर्न नसक्ने जनायो । ममताका बाबु ढोगाई मरिक बनिबुतो गरी खाने परिवार भएकाले आमा र बच्चाको हेरचाह र खानपिन तथा उपचार गराउन सक्ने अवस्थानै नरहेको बताउँछन् । रगतको अभाव, मुटुको समस्या जस्तो अवस्थाबाट गुज्रिएकी बालिका ‘आमा’लाई मात्र हैन कुपोषित बच्चा दुवैलाई बचाउन कठिन हुने परिस्थितिको निर्माण भएको स्वास्थ्यकर्मीको तर्क छ । नेपालमा २० वर्षमुनीको विवाह कानुनद्वारा बर्जित भएपनि समाजमा बालविवाह भइरहेको पाइन्छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Banishment/shunning
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
INSEC , Local Newspaper - Jhapa

0 Comments