Incident Reports

Locals picket police office in accusation of assaulting detainees

2018-05-17

Bagmati, Sindhupalchok, Barhabise

Locals of Lisangkhapar Rural Municipality -6 in Sindhupalchok are agitated accusing Area Police Office of Barhabise of torturing three people inside the custody on May 16. They have cordoned the area police office in protest of the incident. The victim’s party have accused that police had arrested Bijaya Shrestha, Hem Raj Pandey and Rabin Pandey on May 16 on charge of theft and were tortured for about one hour after taking them into custody. Locals found out about the torture after the victims screamed inflicted by the torture. Locals have cordoned area police office in protest of torture. Inspector Pancha Kumar Paku of Area Police Office said that the incident will be investigated and if found, guilty will be punished. आफन्तलाई प्रहरीले गिरफ्तार गरी इलाका प्रहरी कार्यालय बाह्रबिसेको हिरासतमा राखेर यातना दिएको भन्दै जेठ २ गते स्थानीयले इलाका प्रहरी कार्यालय बाह्रबिसे घेराउ गरेका छन् । लिसङ्खुपाखर गाउँपालिका-६ स्थित सिलढुङ्गाको एक पसलमा काम गरी बस्ने सोही ठाउँका विजय श्रेष्ठ, हेमराज पाण्डे र रविन पाण्डेलाई जेठ २ गते बिहान चोरीको आरोपमा प्रहरीले गिरफ्तार गरी इलाका प्रहरी कार्यालय बाह्रबिसेमा पुर्‍याएर एक घण्टासम्म कुटपिट गरी यातना दिएको पीडितपक्षको आरोप छ । प्रहरीको यातनापछि पीडितहरू रुवाबासी गर्दै चिच्याएपछि स्थानीयले थाहा पाएका थिए । प्रहरीको यातनाविरूद्ध स्थानीयले इलाका प्रहरी कार्यालय घेराउ गरेको स्थानीयबासी दिपक श्रेष्ठले बताए । उनका अनुसार स्थानीयको विरोधपछि कुटपिट गर्न छाडेर घटनाको अनुसन्धान गर्ने र आफ्नो सङ्गठनको तर्फबाट गल्ती भएको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर पञ्चकुमार पाकुले स्वीकार गरेका छन् । घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालयका एसपी मोहनप्रसाद पोखरेलसँग सम्पर्क गर्दा एक जना प्रहरी जवानको लापरवाहीले घटना भएको बताए । तर, प्रहरी जवानको नाम भने एसपी पोखरेलले उल्लेख गर्न चाहेनन् । लिसङ्खुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपालका अनुसार प्रहरीको कुटपिटबाट घाइते भएका तीनै जनाको घाउजाँच गरी यातनाविरूद्ध कानुनी उपचार खोजिने छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
INSEC

0 Comments