Incident Reports

Protest in Birgunj over ‘dowry-related death’ of woman

2018-05-20

Madhes, Parsa, Birgunj

Friends and relatives of Rinki Patel, who was found dead of an apparent suicide at her home on Sunday, staged a demonstration outside Parsa District Police Office in Birgunj on Monday, claiming that she was murdered over a dowry-related dispute by her husband and the in-laws. Traffic in the area was disrupted for nearly two hours because of the protest. Rinki was found hanging from the ceiling of her in-laws house at Parsagadhi Municipality-4 on Sunday. Police said her body had been sent to the Narayani Sub-Regional Hospital for post-mortem. Rinki’s family do not believe that suicide was the cause of her death. Her father, Prabhu, claimed that she was hanged to death by her husband and the in-laws for refusing to sell her land. Prabhu had given 5-kattha land to his daughter as a wedding gift. He said that Rinki’s husband and the in-laws had long been pressuring her into selling the land. Police had briefly detained Rinki’s husband and father-in-law. They were released after questioning. Prabhu accused police of taking bribe to cover up his daughter’s murder. Deputy Superintendent of Police Man Bahadur Rai said they were waiting for the post-mortem report before proceeding with the investigation. दाइजोको विवादमा पर्सामा फेरि एक २१ बर्षीया महिलाले ज्यान गुमाएकी छिन्। पछिल्लो समयमा दाइजोकै कारण महिलाको हत्या र आत्महत्याको घटनाहरु एकपछि अर्को बाहिर आइरहेका बेला हरदासपुर की २१ वर्षीया रिंकी देवीको शंकास्पद मृत्यु भएको छ। माइती पक्षले ससुरालमा रिंकुको हत्या भएको दाबी गरेका छन्। पर्साको पर्सागढी नगरपालिका – ४ हरदासपुरका भुपेन्द्र पटेलकी श्रीमती रिंकु आइतबार बिहान घरमा मृत अवस्थामा भटिएकी हुन्। दाइजोमा दिएको खेत बेच्न रिंकुले नमान्दा उनको हत्या गरिएको भन्दै माइती पक्षले सोमबार जिल्ला प्रहरी कार्यालय घेराउ गरी प्रदर्शन गरेका छन्। वीरगन्ज महानगरपालिका–१६ अलौंबाट जिल्ला प्रहरी घेराउ गर्न आएका माइती पक्षले रिंकीको श्रीमान, सासु, देवर र जेठाजुले मिलेर हत्या गरेको भन्दै दोषीलाई कारवाहीको माग गरे। निकै शंकास्पद अवस्थामा प्रहरीले शव बरामद गरेपनि प्रहरी आरोपीलाई बचाउने खेलमा लागेकाले प्रदर्शनमा उत्रिएको माइती पक्षले प्रतिक्रिया दिएका छन्। सोमबार करिब दुई सयको संख्यामा आएका माइतीका आफन्त र गाउँलेले जिल्ला प्रहरी कार्यालय अगाडि नाराबाजी गर्दै सडकमा टायर बालेर यातायात अवरुद्ध पारेका थिए। मृतकका बुवा प्रभुप्रसाद कुर्मीले छोरीलाई आफूले दाइजोमा ५ कठ्ठा खेत दिएको बताए। सोही खेतको विषयलाई लिएर छोरीको हत्या गरिएको भन्दै उनी भक्कानिए। ‘हरदारपुरमा मैले एक बिगहा खेत किनेको थिएँ, त्यसबाट ५ कठ्ठा खेत दाइजोमा दिए, छोरीको नाममा लेखत पास गरिदिएको थिएँ,’ प्रसादले भने, ‘के थाहा थियो, मैले दिएको जग्गाले मेरो छोरीको ज्यान लिन्छ ?’ उनका अनुसार ज्वाईले उक्त खेत बेचेर चारपाङ्ग्रे गाडी किन्न रिंकीलाई दबाब दिँदै आएका थिए। आइतबार रिंकीले आत्महत्या गरेको खबर प्रहरीले पाएको थियो। आइतबार बिहान साढे ११ बजे तिर घटनास्थलमा प्रहरी पुग्दा पासो काटेर शव खाटमा सुताइएको अवस्थामा भेटिएको थियो। जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरी घटनास्थलमा पुग्दा पासो काटेर शव खाटमा सुताएले शंका उत्पन्न भएको छ। ‘शव पोष्टमार्टमका लागि सोमबार नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको छ, पोष्टमार्टम हुँदैछ, यसमा मृत्युको कारण खुलेर आउँछ, त्यसपछि अनुसन्धान अघि बढाउन मद्दत मिल्छ’, पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले भने, ‘हामी अनुसन्धान गरिरहेका छौं।’ शवको मुचुल्का उठाउने क्रममै मृतक रिंकी देवीका पति भुपेन्द्र र ससुरा प्रेम प्रसादलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएको थियो। साँझ दुवैलाई छाडिएको भन्दै मृतक महिलाका माइती पक्षले र गाउँलेले सोमबार जिल्ला प्रहरी कार्यालय घेराउ गर्दै प्रदर्शन गरेका हुन्। सोमबार मृतक रिंकुका माइती पक्षको प्रदर्शनले स्थिती तनावग्रस्त बनेपछि प्रहरी उपरीक्षक ढकालले मृतक महिलाका पति र ससुरालाई अनुसन्धानका लागि नियन्त्रणमा लिने र घटनाको छानबिनपछि दोषीलाई कारबाही गर्ने आश्वासन दिए। प्रहरीको अश्वासनपछि पछि उनीहरु फर्किए। रिंकुका ससुरा ठुलो–बा देवनाथ राउत कुर्मीलाई नियन्त्रणमा राखेको ढकालले जानकारी गराए । यता रिंकी देवीका श्रीमान् भुपेन्द्र र ससुरा प्रेमप्रसाद पटेलले उनले आत्महत्या गरेको दाबी गरेका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Secondary Cause Related to disputes over dowry
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Parsa , Local Newspaper - Rautahat , Local Newspaper - Bara

0 Comments