Incident Reports

3 women rescued from being trafficked

2018-05-21

Police have rescued 23 and 25 years old women from Galchhi RuralMunicipality-5 of Dhading and one from Khairapur of Guleria Municipality-1 on May 21 while being trafficked to India. Police have also arrested 33 years old Ammar Bahadur Thapa of Barbardiya Municipality-1 from Khairapur according to SP Janak Bhattarai. The name of other accused has been kept secret according to police. The incident is under the investigation and rescued women will be handed over to their family according to the police source. बेचबिखनका लागि भारततर्फ लगिँदै गरेका धादिङ जिल्ला गल्छी गाँउपालिका-५ का २३ वर्षीया दुई जना र २५ वर्षीया एक जना महिलालाई प्रहरीले जेठ ७ गते गुलरिया नपा-१ खैरापुरबाट उद्धार गरेको जनाएको छ । प्रहरीले उक्त घटनाका आरोपित बारबर्दिया नपा-१ का ३३ वर्षीय अम्मरबहादुर थापालाई खैरापुरबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी जनक भट्टराईले बताए । थापासँगै गिरफ्तार भएकी एक महिलाको नाम र ठेगाना भने प्रहरीले गोप्य राखेको छ । तीन जना महिलालाई सिमाना पारी लैजाँदै गरेको अवस्थामा थापालाई स्थानीयको सहयोगमा गुलरिया नपा-१ खैरापुरबाट प्रहरीले गिरफ्तार गरेको जनाएको हो । गिरफ्तार भएका व्यक्तिका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान पश्चात कानुनी कारबाही अगाडी बढाउने एसपी भट्टराईले बताए । उद्धार गरिएका महिलाको अभिभावकलाई खबर गरी जिम्मा लगाउने तयार भइरहेको प्रहरीले जनाएको छ ।

0 Comments