Incident Reports

Janakpur Today: Officials padlocked Kabilasi Municipality demanding security

2018-05-19

Madhes, Sarlahi, Kabilasi

Employees of Kabilasi Municipality , Sarlahi padlocked Municipality office after the Province Assembly member Sanjay Kumar Yadav forced them to sign in agreement documents. The employees accused Sanjay Kumar Yadav who was elected as a parliament member of Province 2 forced them to sign in the agreement document of 7 million rupees. The employees guaranteed the security as the province assembly member Sanjay Yadav padlocked Chief administration officer Nabin Kumar Srivastav in his room and forced to sign in documents. प्रदेश सांसदले सम्झौताको कागजातमा जबर्जस्ती सहि गर्न लगाएको भन्दै सर्लाहीको कविलासी नगरपालिकाका कर्मचारीहरुले शुक्रवारदेखि कार्यालयमा तालाबन्दी गरेका छन् ।संघिय समाजवादी फोरमबाट निर्वाचित प्रदेश नम्बर २ का सांसाद सञ्जय कुमार यादवले बिहिवार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार श्रीवास्तवलाई उपमेयरको कार्यकक्षमा थुनेर बलपूर्बक सम्झौता र कार्यादेशको कागजातमा सही गर्न लगाएको कर्मचारीहरुको आरोप लगाए । सांसद यादवको घर रहेको सो नगरपालिकाको वडा नम्बर १० मा विभिन्न योजनाको सम्झौता र कार्यादेशमा जबर्जस्ती हस्ताक्षर गर्न लगाए पछि सुरक्षाको माँग गर्दै कर्मचारीले कार्यालयमा तालाबन्दी गरी विरोधमा उत्रिएका हुन ।प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवका अनुसार सांसद यादवले ७० लाख रुपैया बराबरको योजनामा ६÷७ वटा फाइलहरुमा जबर्जस्ती सही गर्न लगाएका हुन् । टिप्पणी सदर नै नभएको अवस्थामा कोठाभित्र थुनेर सही गर्न लगाएको भन्दै सम्पूर्ण कर्मचारीहरुले त्यसको विरोध जनाएका छन् ।कर्मचारीहरुलाई नियोजित रुपमा बिरोधमा ओराल्ने प्रयास भएको आरोप लगाउँदै प्रदेश सांसद यादवले भने , ‘चरित्र हत्या गर्ने सुनुयोजित षड्यन्त्र अन्तर्गत आफ्नो विरुद्ध गलत प्रचारबाजी गराईएको छ ।’ उनले अरु सबै वडाहरुमा जुन तरिकाले काम भइरहेको छ सोही अनुसार वडा नम्बर १० मा पनि गर्नुपर्ने भनेर बुझाउन मात्र कोसिस गरेको बताए ।कविलासी नगरपालिकाका मेयर कौशल किशोर रायले एउटा सांसद जस्तो जिम्मेवार ब्यक्तिले नगरपालिकामा आएर अपहरणको शैलीमा कर्मचारीलाई बन्धक बनाएर सहीछाप गराउने कार्य निन्दनीय भएको बताए ।उक्त घटना पछि जिल्लाका विभिन्न कर्मचारी संगठनहरुले विरोध जनाउन सुरु गरेका छन् । नगरपालिकाको कार्यालय शुक्रवार सञ्चालन हुन सकेन् ।स्थानीय तहमा हाल बजेट खर्चिन हतार भईरहेको बेला कर्मचारीहरुले कार्यालय नै ठप्प पारेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
Local Newspaper - Dhanusha

0 Comments