Incident Reports

news: 2 injured in a clash among Christian religion promoters

2018-05-24

Karnali, Dolpa, Tripurasundari

In the clash of the Christian religion promoter in Tripurasundari Municipality-3, 2 women have been injured. 38-year-old Nira Chaudhary and 26-year-old Indreni Chaudhary were injured in a clash that erupted between local Christian followers and the women in Tripurasundari Municipality-3, They had some disagreements about the fundamentals of Christian religion. They have even filed a case at Tripurakot Police Station about the same. The women have sustained some deep injuries in their body because of the attack. डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वार्ड–३ जीउँ गाउँमा एउटै धर्मका प्रचारकबीच बिवाद हुँदा भएको झडपमा बाइवल धर्म प्रचारक एक महिला घाइते भएकी छिन्। बाँके जिल्ला नेपालगन्ज उप महानगरपालिका घर भएकी ३८ वर्षीया निरा चौधरी र ३६ वर्षीया इन्द्रेणी चौधरी बाइवल धर्मको प्रचारको क्रममा त्रिपुरासुन्दरी नगरपालिका–३ जीउँ गाउँमा पुगेर क्रिश्चियन धर्म ग्रन्थ बाइवल सम्बन्धी प्रचार गरिरहेको अवस्थामा स्थानीय क्रिश्चियन धर्मका अनुयायीबीच मनमुटाव हुँदा भएको झडपमा परेर घाइते भएको त्रिपुराकोट प्रहरी चौकीले जनाएको छ। त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गत वार्ड नम्बर ३ मा पर्ने जीउँ गाउँ जिल्लामै क्रिश्चियन धर्म रक्षक गाउँको रुपमा मानिदै आएको अवस्थामा बाहिर जिल्लाबाट आएर ‘तपाईहरुले मानिरहेको बाइवल ठिक छैन्, हामीले मानिरहेको बाइवल ठिक हो, राम्रो हो। हामीसंग आउनुहोस्’ भन्दै गाउँमा भइरहेको धर्म एकता र सदभावलाई फाँटो हाल्ने किसिमले धर्मको प्रचार भइरहेको पाइएकाले आफूहरुलाई सैह्य नभएर राम्रोसंग सम्झाएर पठाउन खोज्दा उल्टै जाइलाग्ने किसिमले प्रस्तुत भएपछि लछारपछार गर्दा सामान्य चोट लागेको जीउँ गाउँका क्रिश्चियन धर्म अनुयायी तुलवीर धरलाले बताए। लछारपछारबाट सामान्य चोटपटक लागेर घाइते बनेकी बाइवल धर्मप्रचारक निरा चौधरी र इन्द्रेणी चौधरीले १० जेठमा आफूहरु बिग्रेको प्रेसर कुकर बनाउन जाँदा महिलामाथि हातपात गरेर निलडाम हुने गरि कुटपिट गरेको भनि त्रिपुराकोट प्रहरी चौकीमा निवेदन दिएका छन्। कुटपिटबाट चौधरीद्वयको दायाँ पाखुरामा निलडाम सहितको चोटपटक लागेको प्रहरीले जनाएको छ। दुबैले व्यापारको शिलशिलामा जीउँ गाउँमा गएको भनेर उल्लेख गरेको भएपनि उनीहरु एक महिनादेखि त्रिपुरासुन्दरी नगरपालिका–१ कोट बगर बजारमै घर भाडामा लिएर चार जनाको टोली बस्दै आएको र गाउँ गाउँमा पुगेर क्रिश्चियन धर्मको प्रचारप्रसार गरिरहेको पाइएकोले त्रिपुरासुन्दरी नगरपालिकाकै वार्ड १ करेलीकाँडा र २ रसिमा समेत स्थानीय बासिन्दाले लखेटेर पठाएको प्रहरी चौकी त्रिपुराकोटका इन्चार्ज सई रोमहर्ष सिजवालले बताए। डोल्पामै त्रिपुरासुन्दरी नगरपालिका हिन्दु धर्मको अखडा मानिएकोले पनि क्रिश्चियन धर्मका अनुवाईहरु बिभिन्न प्रलोभनका साथ धर्मप्रचारप्रसार अभियानलाई त्रिपुराकोटमा केन्द्रित पारेर अगाडि बढेको पाइन्छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons None
Primary Cause Religious sectarianism
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Christian
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation Christian
Actor 2 - Youth unknown
Total Injured 2
Female Injured 2
National/Online Media

0 Comments