Incident Reports

Complaint lodged against accused of rape incident

2018-05-19

Gandaki, Tanahun, Ghiring, Ward 4

Family members of a 45-year-old woman with physical disability registered a complaint against 23-year-old Shakti Thapa on May 23 at District Police Office accusing him of attempting to rape the woman. The victim's family has stated that Thapa tried to rape the woman on May 19 at the hotel she was operating. Police sent the victim for medical examination at Damauli hospital after registering complaint, informed SP Siddhi Bikram Shah of DPO. Police are looking for the accused who is on the run. अपाङ्गता भएकी ४५ वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा घिरिङ गाउँपालिका-४ गड्यौलीटारका २३ वर्षीय शक्ति थापाको विरूद्धमा जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले जेठ ९ गते उजुरी दर्ता गरेको छ । पीडित महिलालाई आरोपितले जेठ ५ गते बलात्कारको प्रयास गरेको पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीमा उल्लेख छ । होटल सञ्चालन गर्दै बसेकी ति महिलाको होटलमा गएका थापाले होटल भित्रै बलात्कार प्रयास गरेको पीडितले आरोप लगाएकी छन् । पीडित महिलाको स्वास्थ्य परीक्षण जेठ ९ गते दमौली अस्पतालमा गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी सिद्धिविक्रम शाहले बताए । आरोपित फरार रहेको भन्दै खोजी कार्य सुरू गरिएको उनले जानकारी दिए । आरोपित थापा घिरिङ्ग गाउँपालिका वडा नम्बर ४ का कार्यवहाक वडा अध्यक्षसमेत हुन् । सो वडाका वडा अध्यक्ष झकबहादुर कुमालले गत वैशाख २४ गते सोही ठाउँकी एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी परेपछि वडा अध्यक्ष कुमाल फरार भएपछि थापाले कार्यवहाक वडाअध्यक्षको जिम्मेवारी सम्हालेका थिए । Update... अपाङ्गता भएकी ३९ वर्षीया महिलालाई बलात्कारको प्रयास गरी फरार रहेको आरोप लागेका घिरिङ गाउँपालिका-४ का वडा सदस्य २३ वर्षीय शक्ति थापाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । बलात्कारको प्रयासमा पीडित पक्षको उजुरीपछि फरार रहेका थापाले असार ५ गते जिल्ला प्रहरी कार्यालय तनहुँ समक्ष स्वयम् उपस्थित भई आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुनिल मल्लले बताए । पीडित महिलालाई आरोपितले गत जेठ ५ गते बलात्कार प्रयास गरेको आरोपमा पीडितले थापाको विरूद्धमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । आरोपितलाई असार ५ गते नै जिल्ला अदालतमा पेश गरी तीन दिनको म्याद लिई अनुसन्धान सुरू गरिएको डिएसपी मल्लले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments