Incident Reports

Woman rescued from Belhiya chek-post

2018-05-27

Two people were arrested from Belhiya check-post of Bahirawaha on a charge of trafficking a 37 years old woman. The victim was to be sent to Kuwait from India for the job. 27 years old Santa Bahadur Thing and his wife 37 years old Rita Tamang, a resident of Hetauda sub-metropolitan city-8 were arrested by police on May 27. ३७ वर्षीया महिलालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारत लैजाँदै गरेको अवस्थामा माइती नेपालसँगको सहकार्यमा प्रहरीले बेलहिया नाका भैरहवाबाट जेठ १३ गते साँझ उद्धार गरेको र दुई जना आरोपितलाई गिरफ्तार गरिएको छ । गिरफ्तार हुनेमा मकवानपुर जिल्लाको हेटौँडा उप-महानगरपालिका-८ का २७ वर्षीय सन्तबहादुर थिङ र उनकी पत्नी ३७ वर्षीया रीता तामाङ रहेको प्रहरीले जनाएको छ । पीडित महिलालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर आरोपितद्वयले भारतको बाटो हुँदै कुवेत पठाउन लागेको सूचनाका आधारमा पीडितको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी डिल्लीनारायण पाण्डेले बताए । वैदेशिक रोजगारीमा जानका लागि आवश्यक कुनै पनि कागजात नभएको र कुवेत पठाउने बहाना मात्र भएको प्रहरीले जनाएको छ । त्यसैगरी १९ वर्षीया युवतीलाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारत लैजाँदै गरेको अवस्थामा माइती नेपालसँगको सहकार्यमा प्रहरीले बेलहिया नाका भैरहवाबाट जेठ १३ गते साँझ उद्धार र एक जना आरोपितलाई गिरफ्तार गरिएको छ । गिरफ्तार हुनेमा भारत महाराजगञ्ज थाना पुरनदापुर, पोष्ट बसन्तपुर नौतुनहवाका २० वर्षीय राकेश मल्लाह रहेको प्रहरीले जनाएको छ । पीडित युवतीलाई आरोपितले भैरहवाका विभिन्न होटलमा राखेर बलात्कारसमेत गरेको पीडित युवतीले प्रहरीसमक्ष बताएकी छन् । पीडितलाई राम्रो जागिरको प्रलोभन देखाएपनि बेचबिखनका लागि लैजान लागेको सूचनाका आधारमा पीडित युवतीको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी डिल्लीनारायण पाण्डेले बताए । पीडित युवतीको स्वास्थ्य परीक्षण भिम अस्पताल भैरहवामा जेठ १३ गते गरिएको प्रहरीले जनाएको छ ।

0 Comments