Incident Reports

Brother binds brother and sister-in-law,forces to sign on blank paper|| दाजु–भाउजूलाई दाम्लोमा बाँधेर जबरजस्ती औँठाछाप ।

2018-06-02

Madhes, Dhanusha, Janakpur

A man tied his brother and sister-in-law with rope and forcefully made them sign on a blank sheet of paper on June 2. Ramekbal Mandal and Ramkewal Mandal's family beat up and tied brother Shivaji Mandal, his wife Shanti Devi Mandal and their daughter-in-law Amrita Devi Mandal with a rope. According to reports, Shivaji's family was physically abused over a property dispute. They were beaten by sons of both brothers. The injured were rushed to Janakpur hospital for treatment. Shivaji and Shanti sustained serious injuries. Shivaji's son Anil Mandal mentioned that the perpetrators were still at large as they were affiliated to the Nepali Congress Party. जनकपुरमा आफ्नै दुई भाइले दाजु र भाउजुलाई दाम्लोमा बाँधेर कुटपिट गरी कागजमा औँठाछाप गराएका छन् । अंशवण्डासम्बन्धी विवादमा जनकपुर उपमहानगरपालिका –२१, कुर्था बस्ने रामएकबाल मण्डल र रामकेवल मण्डलका परिवारले दाजु शिवजी मण्डल र भाउजू शान्तिदेवी र बुहारी अमृता देवीलाई दाम्लोले बाँधेर कुटपिट गर्दै कागजमा औँठाछाप गराएका हुन् । दुवै भाइका छोराहरु सन्तोष, मनिष, ओमकार, रवि र आनन्द मण्डलले तीनजनालाई निर्घात कुटपिट गरी जबरजस्ती औँठाछाप गराएका हुन् । शिवजीसहित घाइते तीनै जनाको उपचार जनकपुुर अञ्चल अस्पतालमा भैरहेको छ । घाइतेमध्ये शिवजी मण्डल र उनका पत्नी शान्ति देवीलाई गम्भीर चोट लागेको अस्पतालले जनाएको छ । दाजुभाइबीच पहिल्यैदेखि अंशबण्डासम्बन्धी विवाद चल्दै आएको थियो । दाजु शिवजीले मुद्दा जितेर भोगचलन गर्दै आएको जग्गा भाइहरुले जबरजस्ती आफूहरुको नाममा गर्न दबाब दिँदै आएका थिए । भाइहरुको कुरा नमानेपछि शनिबार बिहान उनीहरु पुरै परिवार शिवजीका परिवारमाथि जाइलागेका हुन् । तीनैजनालाई जबरजस्ती घरबाट निकालेर कुटपिट गर्नुको साथै बाँधेर औंठाछाप लगाएको शिवजीका छोरा अनिल मण्डलले दुखेसो पोख्नुभयो । उनीहरुलाई नेपाली कांग्रेस र राजपाका स्थानीय नेतालगायत लेखनदासले समेत सहयोग गरेको अनिलले बताउनुभयो । कांग्रेसका स्थानीय नेताहरु राजाराम मण्डल, महेन्द्र महतो, उमेश यादव, राजनारायण साह र राजपाका परमेश्वर साहलगायत र लेखनदास ओपेन्द्र साह समेतको संलग्नतामा आफ्ना बुवाआमालाई निर्घात कुटपिट गरी जबरजस्ती औंठाछाप गराइएको अनिलको भनाई छ । कांग्रेस कार्यकर्ता भएकै कारण उनीहरुलाई पक्राउ गर्न प्रहरीले ढिलासुस्ती गरेको उहाँले बताउनुभयो । उहाँले दोषीलाई कारबाहीका लागि पहल गरिदिन सबै पक्षसँग आग्रह पनि गर्नुभएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Secondary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 3
Female Injured 2
National/Online Media , Local Newspaper - Mahottari

0 Comments