Incident Reports

Investors encircle NEPSE, work halted

2018-06-06

Bagmati, Lalitpur, Lalitpur, Ward 4

Share market investors encircled NEPSE protesting the government's decision of directing NEPSE and CDAC to take the amount standardizing the price of bonus share and right share. On June 4, the investors halted the entire work of the market and disrupted the service. They have found this decision to be impractical. The letter put forth by Inland Revenue Department hurt the sentiment of the investors. The decision was made immediately after the budget speech. Because of it, the investors protested since June 4. सरकारको पछिल्लो निर्णयमा अापत्ति जनाउँदै सेयरबजार लगानीकर्ताहरुले धितोपत्र बोर्डमा धर्ना दिएका छन् । लगानीकर्ताहरुले विभिन्न पुँजीबजार लगानीकर्ता संघको आयोजनामा धितोपत्र बोर्डको कार्यालय, जावलाखेलमा बुधबार बिहान १० बजेदेखि १०ः३० बजेसम्म धर्ना दिएका हुन् । धर्नाका लागि पुगेका संघका पदाधिकारी, सदस्य तथा लगानीकर्ताहरुलाई प्रहरीले मूलद्वारबाट प्रवेश गर्न रोकेको थियो । प्रहरीले अवरोध गरेपछि लगानीकर्ताहरुले गेटमै बसेर धर्ना दिए । हालैमात्रै सरकारले बोनस र हकप्रद शेयरमा अंकित मूल्यलाई आधार मानेर पुँजीगत लाभकर असुल्नु भनेर धितोपत्र बोर्ड, नेप्से तथा सिडिएसीलाई निर्देशन दिएकाे छ । यही निर्देशनको विरोधमा सेयर लगानीकर्ताहरू केही दिनयतादेखि लगातार विरोधमा उत्रेका छन् । सोमबार नेपाल स्टक एक्सजेन्ज घेराउ गर्न पुगेका लगानीकर्ताहरु मंगलबार ब्रोकर कार्यालयमा गएर कारोबार ठप्प पारेका थिए । लगानीकर्ता संघहरुले यो निर्णयलाई अव्यवहारिक भनेका छन् । लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याललका अनुसार बुधबार पनि प्रत्येक ब्रोकर कार्यालायमा गएर कारोबार रोक्ने र धर्ना दिने उनीहरुको योजना छ । आन्तरिक राजस्व विभागले जारी गरेको पत्रले आमल लगानीकर्ताको भावनामा गम्भीर असर पार्नुका साथै करको सर्वमान्य सिद्धान्तलाई नै अपमान गरेको उनीहरुको ठहर छ । आन्तरिक राजस्व विभागले बोनस र हकप्रद शेयरमा अंकित मूल्यलाई आधार मानेर पुँजीगत लाभकर असुल्नु भनेर धितोपत्र बोर्ड, नेप्से तथा सीडीएसीलाई निर्देशन दिएको थियो । सरकारको यो निर्णयले पुँजी बजारलाई निरुत्साहन गर्ने अर्याल बताउँछन् । लगानीकर्तारुले अब लगानीकर्ताको खरिद मूल्यमा हकप्रद र बोनस शेयरको मूल्यलाई जोडी औसत मूल्य कायम गरी सो रकमममा ७.५ प्रतिशत अन्तिम कर निर्धारण गर्न सरकारसँग अनुरोध गरेका छन् । यसअघि सरकारले ५ प्रतिशत कर लिँदै आएको थियो । तर बजेटमार्फत सरकारले कर बढाएर ७.५ प्रतिशत पुर्याएको छ । बजेट सार्वजनिक भएको केही दिनपछि आन्तरिक राजस्व विभागले पुनः अर्काे निर्णय गर्याे । जसको विरोधमा सोमबारदेखि लगानीकर्ता आन्दोलित बनेका हुन् । यसअघि अर्थमन्त्रालयले आधार मूल्य तय गरिदिएको थियो । त्यही अनुसार पँुजीगत लाभकर गणना हुन्थ्यो । तर अब भने बोनस र हकप्रदलाई १ सय रुपैयाँ मानेर गणना गर्न निर्देशन दिएको छ । अहिले आन्तरिक राजस्व विभागले पहिलेको विधिलाई बिस्थापित गरेर नयाँ परिपत्र जारी गर्याे । अब भने हकप्रद र बोनस शेयर दुवैको मूल्य १ सय गणना हुन्छ । घाटामा पनि लाभकर तिर्नुपर्ने गरी सरकारले नयाँ व्यवस्था गरेका लगानीकर्ताहरुको भनाइ छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments