Incident Reports

Two girls rescued from father

2018-05-17

Province 1, Ilam, Illam

2 girls were rescued from an abusive father on June 10. A 12 years old was raped by her own 30 years old father and 7 years old was beaten by the same father. Both of them were rescued by the INSEC district focal person, representative of Human rights forum Nepal and government lawyers. The girls has been sent to Maiti Nepal for brought-up and education. आफ्नै बावुबाट बलात्कृत भएकी १२ वर्षीया बालिकासहित बावुकै कुटपिटका कारण पीडित अर्की सात वर्षीया गरी दुई बालिकाको उद्धार जेठ २७ गते गरिएको छ । ३० वर्षीय बावुबाट पीडित बनेका दुवै बालिकालाई घटनापछि मानव अधिकार मञ्च नेपाल इलामको आकस्मिक आवास गृहमा राखिएको थियो । घटनापछि घरमा बस्ने वातावरण नभएपछि दुवै बालिकालाई आकस्मिक आवासगृहमा राखिएको थियो । इन्सेक जिल्ला प्रतिनिधि, मानव अधिकार मञ्चका प्रतिनिधि, सरकारी वकिल कार्यालय सबैको पहल र प्रयासमा बालिकालाई उद्धार गरी अबको पालनपोषण र पढाइका लागि माइती नेपालमा पठाइएको जिल्ला बालकल्याण समितिका अध्यक्ष एवम् इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए । ‘बालिकालाई कहाँ राख्ने भन्ने अत्यन्तै समस्या थियो । उनीहरू आमासँग घर बस्न सक्ने स्थिति पनि भएन, आमालाई नै डेरा बसेको घर र छरछिमेकमा छोरीहरू घर नल्याउ भन्दै दबाव आएपछि आमाको स्वीकृतिमा माइती नेपाल काठमाडौँ पठाइएको हो ।’-सरकारी वकिल कार्यालयका ऋद्धि निरौलाले भने-‘यी बालिकाको उद्धार गर्न, जन्मदर्ता प्रमाणित गराउन र माइती नेपालका पठाउन इन्सेक जिल्ला प्रतिनिधिसहित मानव अधिकारकर्मीहरूको योगदान महत्वपूर्ण छ ।’ पीडित बालिकालाई बलात्कार गरेको भन्दै जेठ ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । उजुरी लगत्तै गिरफ्तार गरिएका आरोपितमाथि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रमेश बस्नेतले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ ४ गते इलाम जिल्ला अस्पतालमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Assault (small group)
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments