Incident Reports

Clash erupted in Dhanusha

2018-06-13

A clash has erupted between the local youths and police in Janakpur after the youths staged a demonstration against the arrested of their groups. Police arrested three youths yesterday on a charge of humiliating the medical superintendent over the death of the patient. जनकपुर अस्पताल प्रमुखलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले केही युवालाई पक्राउ गरेपछि जनकपुरमा प्रहरी र स्थानीय युवाबीच झडप भएको छ । युवाहरू बुधबार बिहानैदेखि जनकपुरका भानुचोक र जनकचोकमा नाराजुलुसमा उत्रिएपछि स्थिति तनावपूर्ण भएको छ । प्रदर्शनका क्रममा स्थिति उग्र बन्ने देखेपछि १० भन्दा बढी युवाहरुलाई नियन्त्रणमा लिएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए । जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रामपरीक्षण यादवलाई मसी खन्याई दुव्र्यवहार गरेको आरोपमा प्रहरीले राकेशविक्रम साह, रमेश यादव, अखिल मधिकर्मी, अमित पाठक, विपिन साह र विजय मेहेतालाई पक्राउ गरी प्रहरीले सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाएको विरोध स्थानीय युवाहरु आन्दोलित भएका हुन् । प्रदर्शनकारीहरूले जनकपुर अञ्चल अस्पतालमा सुत्केरीको मृत्यु भएको घटनाको छानबिन हुनुपर्ने र मेडिकल सुपरिटेन्डेन्ट रामपरीक्षण यादवलाई कारबाही गर्नुपर्ने लगायतका माग राखेका छन् । गत शुक्रबार शल्यक्रिया गरी सुत्केरी भएकी जनकपुर उपमहानगरपालिका-१ पुलचोककी २५ वर्षीया सोनियादेवी ठाकुरको उपचारका क्रममा ज्यान गएको थियो । चिकित्सकको लापरवाहीका कारण उनको मृत्यु भएको परिवारजनको आरोप छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people 15
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
National/Online Media , Local Newspaper - Mahottari

0 Comments